
सन् १९१९ मै अमेरिका चुकेको थियो !
अभिभावक साथीहरू, अमेरिकी जनताले आफ्नो देशको इतिहासको समीक्षा गरे तथा गुम्सेको मनको भावना पोखे ।
इन्डरसन इमोरी विश्वविद्यालयकी तथा ह्वाइट रेगः द स्पोकल ट्रुथ अफ आवर
राासियल डिभाइड’की लेखिका हुन्ः क्याटल इन्डरसन ।
उनको अध्ययनमा सन् १९१९ मा पहिलो विश्वयुद्धबाट फर्केका अश्वेतहरूलाई सिपाहीँको बर्दीमा देखेर अज्ञात त्रास एवम् इष्र्यावस गोरा जातिवादी समूह ‘कु क्लक्स क्लान’ को समर्थन पाएर सन् १९१७ मा पूर्वी सेन्ट लुइसमा श्वेतले अश्वेतहरूको हत्याकाण्ड मच्चाए साथै सन् १९१९ मा त्योभन्दा विभत्स ढङ्गले अफ्रिकी–अमेरिकीहरूको नरसंहार गरे ।
ती हत्याकाण्डलाई ‘रेड समर’ को नाम दिइयो । न्यायिक जनरल निचेल पाल्मरका अनुसार ‘वामपन्थी’ प्रगतिशील पक्ष भर्खर अगाडि आउँदै थियो, अश्वेतहरूलाई झूटा मुद्दामा फसाउन सजिलो भयो र अश्वेत पुरुषको हत्यामा प्रहरीहरू आफै त्यस हत्याको पक्षमा थिए । न्यायिक जनरल मिचेल पालमरले राष्ट्रपति विड्रो विलसनबाट कट्टरपन्थीहरूलाई साथ दिएको र पक्ष लिएको बताए ।
अहिलेको दङ्गालाई पनि राष्ट्रपति ट्रम्पले ‘आन्तरिक आतङ्कवाद’ र ‘हिंसालाई प्रश्रय दिने’ ‘एन्टिफाजस्ता लुटेरा’ र ‘उग्रवादीको’ आरोप लगाइसकेको छ । भिडियोको प्रमाण हुँदाहुँदै जर्जियाको इजलासले अहमुद बरबरीको हत्यामा केही गैरकानुनी नभएको र १८ वटा अभियोग भएको जर्ज फ्लोयडका हत्यारा कसरी प्रहरी सेवामा कार्यरत रहनसक्यो ? अश्वेतहरूको पनि जीवनको महत्व छ । (नयाँ दृष्टिकोण– २५ जेठ २०७७)
जेल जालान् त ट्रम्प ?
‘द गार्जियनको’ स्तम्भकार आर्वा महदवीका अनुसार ट्रम्प आफू जेलको हावा खानबाट बच्नको लागि पूर्वराष्ट्रपति बाराक ओबामा र डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार जोन वाइडेनमाथि मुद्दा चलाउन खोज्दै छन् । अमेरिकी कानुनी सल्लाहकार विलियम बारले आफ्नो बोस ट्रम्पको ओबामा र वाइडेनलाई आपराधिक गतिविधि छानबिनको विषयलाई खारेज गरिदिए ।
युक्रेन र चीनसँगको ट्रम्पले कानुनको उल्लङ्घन गरेको विषयमा उनी १० वर्ष जेल जाने सम्भावना छ ।
यसकारण ट्रम्प पुनः राष्ट्रपति पदमा विजय हुन खोज्दै छ । नत्र उनी १० वर्ष जेल जाने छन् । (नयाँ पत्रिका, ८ जेठ २०७७)
सङ्कटग्रस्ट अमेरिका
प्रचार माध्यमको शीर्षकले यस्तै सन्देश दिइरह्यो । जर्ज फ्लोयड हत्याको विरोधको दोस्रो हप्ता प्रवेश गर्दा ४० भन्दा बढी सहरमा कफ्र्यु लगाइयो, १५ राज्यमा सेना परिचालन गरियो र ११ सेप्टेम्बरपछि अमेरिकालाई ‘आतङ्कित राज्य’ को रूपमा अथ्र्याइयो । माया एङ्गोलुुले भनिन्, “पहिलोपल्ट श्वेतहरूले आतङ्कित राज्यको अनुभव गरे । साथै अमेरिकामा विगत चार सय वर्षदेखि अश्वेतहरू अमेरिकालाई सधैँ आतङ्कित भएर बाँच्न बाध्य थिए ।”
तिनीहरूको भनाइमा जर्ज फ्लोयडको हत्या नयाँ थिएन– ट्रिभन मार्टिन, सान्ड्रा ब्लान्ड, अहमद आबिरी, ब्रेओन टेलर, इरिक गार्नर, चिनेदु आकोबी, माइकल बोन, एमाना जोन्स, तामिर राइस, जोर्डन डेभिलगायत अनगिन्ती अश्वेत अर्थात् अफ्रिकी अमेरिकीले अनाहकमा ज्यान गुमाएका छन् र संरचना वा कानुनी बन्दोबस्तले अश्वेतहरूको ज्यानको अवमूल्यन गरिएको छ । नागरिक अधिकार आन्दोलनले नै यो कुरा भनि सकिएको थियो, तर आज अमेरिकामा विस्फोट मात्रै भएको हो ।
घानाका राष्ट्रपति नाता अकुफो–बडोले उल्लेख गरे– ‘जहाँतहीँ’ अश्वेतहरूले विभेद भोगिरहेका छन् । सन् २०१५ मा पाँच गार्डको दुव्र्यवहारबाट मारिएका २६ वर्षीय आदिवासी डेबिडा डंगेको हत्याको विरोधमा अस्ट्रेलियामा प्रदर्शन भएको थियो । उनले पनि ‘म सास लिन सकिरहेको छैन’ भनेका थिए । त्यही हप्तामा त्यहाँ एक आदिवासी किशोरलाई अधिकारीले निर्मम कुटपिट गरेको भिडियो बाहिरिएको थियो ।
बेलायत पनि विभेदमा जिम्मेवार छ
द गार्जियन पत्रिकाका स्तम्भकार अफुवा हिस्र्चको भनाइमा बेलायतीहरू अमेरिका मात्रै विभेदग्रस्त छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । बेलायती उपनिवेशवादीहरूले भारतमा २०० वर्ष शासन गरे, त्यसको प्रभाव आज पनि भाजपाको मोदी राजमा भारतका मुसलमान, दलित, आदिवासी अन्य गरिबहरूमाथि यातना दिएका अनेक भिडियोका घटनाहरू प्रचार भएका छन् ।
तर, जर्ज फ्लोयडको हत्यापछि बेलायतमा ठूलो असन्तोष फैलियो । जहाँ तहीँ ‘अश्वेतको पनि जीवनको महत्व छ’ र ‘संसारलाई बदल्ने’ हुतहुती प्रदर्शनकारीहरूले बोकेका लेखोटहरूबाट प्रस्ट छ । (नयाँ पत्रिका, २३ जेठ २०७७)
अब ट्रम्प हाम्रा राष्ट्रपति रहेनन्
राष्ट्रपति ट्रम्पकै ‘जहाँ हुलदङ्गा हुन्छ, त्यहाँ गोली चल्छ’ र जहाँ हुुलदङ्गा हुन्छ, त्यहाँ सेना पुग्छ र कफ्र्यु हुन्छ’ भन्ने खालका अहङ्कारपूर्ण अभिव्यक्ति र कार्यले विरोध प्रदर्शनको आगोमा घ्यू थप्यो । त्यस घटनाको प्रतिक्रियास्वरूप विभिन्न देशमा भएका विरोध प्रदर्शनमासमेत धेरै मानिस हताहत भए, त्यसको लेखाजोखापछि आउनेछ र वाशिङटनको राष्ट्रपति भवन (ह्वाइट हाउस) को चारैतिर प्रदर्शनकारीहरूको घेरा देखेर ट्रम्प घण्टौँसम्म बङ्कर भनिने सुरक्षित स्थलमा लुक्न बाध्य भए ।
प्रहरी अधिकारीहरूलेसमेत राष्ट्रपतिलाई ‘रचनात्मक सल्लाह छ भने देऊ नत्र बोल्न बन्द गर’ भनी ट्रम्पसँग रिसाएका थिए ।
रोबर्ट रिच अमेरिकाका पूर्व श्रम सचिव तथा युनिभर्सिटी अफ् क्यालिफोर्निया, बर्कलीका प्राध्यापक हुन् । ‘द गार्जियन’ मा उनले लेखे, ‘डोनाल्ड ट्रम्पले अमेरिकाको सरकार चलाइरहेका छैनन्, व्यवस्थापन मिलाएका छैनन्, सङ्गठित पनि पारेका छैनन्, त्यसैले अब उनी हाम्रा राष्ट्रपति होइनन् ।’
बैठकदेखि ट्रम्पलाई घृणा जाग्छ, ब्रिफिङ सुन्ने धैर्य उनमा छैन, ह्वाइटहाउसमा रमिता मात्र चलिरहन्छ । (नयाँ पत्रिका, २१ जेठ २०७७)
बङ्करमा लुकेको ट्रम्पलाई
जर्ज फ्लोयडको हत्याको कारण अशान्त अमेरिकाका एक हलिउड अश्वेत कलाकार द्वाइने जोनसोन (Dweyne Johnson) ले व्यङ्ग गर्दै आफ्नो ट्वीटमा लेखे, ‘यो देश घुँडाले थिचिएर वकालत गर्दै छ, चित्त दुःखाइ, आक्रोश र निराश भएर भिक्षा माग्दै छ ।
(शीर्षक हाम्रो–नेपाली सं.) ट्रम्पको नाम नलिई उनले लेखेका छन्–
देशमा व्यापक हाहाकार छ
ए हाम्रा नेता
तिमी कहाँ छौ ?
हाम्रो देश आज आफ्नै
घुँडामुनि थिचिएको छ
पीडाले हात फैलाएर
खाली तिमीलाई सुनाउन मात्रै
चोट, आक्रोश, निराश भए
आफ्नो पक्षमा बोल्न मात्रै
खोजी रहेको छ,
ए ! हाम्रा नेता तिमी
अहिले कहाँ छौँ ?
भिडियोमार्फत बोल तिमी
आठ मिनेटभन्दा अलि बढी
ए, नेता तिमी बोली देऊ !
ए, हाम्रा करुणामयी नेता
आफ्नै घुँडामुनि थिचिएका
हाम्रै देशसँग उठ्न खोजेका
उनी को हुन् ? जसले हात फैलाइ
उनले तिमीबाट सुन्न
चाहन्छ–
तिमी उठ, म सँगै उठ !
मैले तिमीलाई पाएँ,
तिम्रो आवाज मैले सुनेँ,
आफ्नै शब्दहरू सुनेँ–
म शक्तिमा पुग्दा
म मेरो जीवनको अन्तसम्म
मेरो अन्तिम साससम्म
परिवर्तनको निम्ति चाहिने
हरेक कुरा म गर्ने छु–
समानताको निम्ति किनभने
अश्वेतको पनि जीवनको मूल्य छ !
ए मेरा नेता
भन, तिमी कहाँ छौँ ?
(Johnson takes a dig at Trump) The Rising Nepal, 5 june 2020 ‘द राइजिङ्ग नेपाल, २३ जेठ २०७७)
ट्रम्प–ट्वीटर युद्ध
हिंसालाई प्रोत्साहन गरेको भन्दै ट्वीटरले ट्रम्पको ट्वीट (भनाइ) लाई लुकाइ दिएको छ ।
(एजेन्सी, ३१ मे २०२०)
अभिभावक मित्रहरू,
देखिहाल्नुभो, ‘सपनाको देश’ भनिने संरा अमेरिकाभित्रको हालत ¤ ती प्रर्दशनहरूमा नेपाली मुहारहरू पनि देखिए– ‘अधिकार’ का नारा बोकेका पताकाहरू ।
अमेरिकी ती घटनाहरूले हामी नेपालीहरूलाई झस्काइदिएका छन््– यदि राम्रा युवाहरूले राजनीतिमा भाग लिएनन् भने ट्रम्पजस्ता व्यक्तिहरूले नेपालको शासन गर्नेछन् । त्यस अवस्थामा जनताको हालत के होला भन्न सकिन्न र भोलि देशै रहन्छ वा रहन्न भन्न सकिन्न । यसकारण, हामी अभिभावकहरूले आ–आफ्ना छोराछोरीहरूलाई राम्रो पढाऔँ, राम्रो सङ्गतमा पारौँ । अनि हाम्रो ज्येष्ठ नागरिकको जीवन अर्थपूर्ण र महत्वपूर्ण ढङ्गले बिताउन पाउने छौँ ।







