झगमगाउँछ हरदम सपनाले
तैंले बाटो बिराइस भनेर
कुहिरोले डम्मभरिँको बाटो
काँडा खोल्सा खोल्सी पहिरो
भीर आखापाखा गौंडा गल्छ्डा
शान्तिको परेवा छोप्ने सपना मेरो
भ्रष्टाचार शोषणबिहीन
स्वतन्त्र सार्वभौम देश
मेरो धोका !

तर मेरो सपनामा बज्रपात
नेपालमा सहीदका रक्तबीज छ
सुन कोशीमा रगत मिसिएको छ
तामा कोशीमा दोरम्बाको रगत
कर्णालीमा रातो रगत
सहीद परिवारको बिचल्ली
नेताहरूबाट धोका !

र, षड्यन्त्रबीच बाटोमा
साम्राज्यवादको ग्रायण्ड डिजाइन
शीर्ष नेताहरूको आत्मसमर्पण
जनयुद्धको ब्याजमा गगनचुम्बी महल
भ्रष्टाचार कमिशन माफियातन्त्र
फासीबाद र तानाशाह
तर सपनाहरू जिउँदा छन्
दायाँबायाँ काँडा भए नि
उकालो चढिरहेछुँ म
शान्तिको परेवा छोप्न
जनजीबिका जनतन्त्र
र, राष्ट्रीयता बिक्दैछ डलरमा
तिम्रो नक्कली कम्युनिष्ट
बिकाउदै छ सपना डलरमा
देशभक्तहरू ! न्यायको लागि
बढ़ बढ अगाडि बढ
मुक्तिको लागि अघि बढ़ !!!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार