विपनामै आउँछ सपना
विपनामै हुन्छ सपना
लक्ष्य,विचार र संकल्प
शिल्प,शौन्दर्य र विद्रुप
पसिना र रक्तमञ्लि
विपनामा खूल्छ।

अतिरञ्ति, विसर्जन र ढुलमुलगरे
आदर्श मरेर जान्छ
अवसरवाद र शून्यवाद
विचारमा दरिद्र भएरै हुन्छ।

अड्डा अदालत आफ्नै हुन्छ
फौज फकड आफ्नै
श्रीमती कै ज्यानमारे पनि
जेलजानु पर्दैन, नेलजानु पर्दैन।
ग्याङ् बचाऊ,
माफिया बचाऊ
नाता बचाऊ,गोता बचाऊ
बलात्कार गरे नि बचाउ हुन्छ।

विपनामै आउँछ सपना
ििवपनामै हुन्छ सपना
लक्ष्य,विचार र संकल्प
शिल्प,शौन्दर्य र विद्रुप
पसिना र रक्तमञ्लि
विपनामे हुन्छ।

अतिरञ्ति, विसर्जन
र,ढुलमुल िवचारमा

आदर्श मरेर जान्छ
अवसरवाद र शून्यवाद
विचारमा दरिद्र भएरै हुन्छ।

विचार छाडे के हुदैन?
दरबार बन्छ, घरबार बन्छ।
तर दूरी बढ्छ,जनताको
माया ममतामा।
आफ्नो ग्यांगमा हाई हाई
जनताले बाई बाई भन्छ।

ग्याङ् बचाऊ,
माफिया बचाऊ
नाता बचाऊ,गोता बचाऊ
बलात्कार गरे नि बचाउहुन्छ।

निर्मलान्त बलात्कार
र, हत्या बिधिको शासन हो?
या निधिको? या निगमको?
कुमार पौडेल हत्या वा
पिञ्जडामा भएकी गृहिणी
वा चेपाङ्घको हत्या
संबेदनहीन हो?वा बिधिको हो?
नवराज बि क समेतको हत्या
बर्बर हो वा सभ्य?
दण्डहीनता वा असफलता?

वाइडबडी कमिशन,
ढाकछोप गर्ने सरकार कि
जनता?
एनसेल लाभकरमा गठजोड
नेतामा कि माओबादीमा?
जनमुक्ति सेनाको कमिशन
कस्को गोजीमा?
बालुवाटारमा कि खुमलटारमा?
के थियो सपना?
अहिले भत्केको हो कि? मक्किएको?

जेलमा जाऊ महोदय
साना माछा छन् कि ठूला?
के कानून हराएको छ देशमा?
खैत? ठूला माछा जेलमा?
कानून् सरकारमा, न्याय सरकारमा।
फासीबाद कि लोकतन्त्र?
अदालतबाट छुटेपछि
जिल्ला जिल्ला घुमाउने
जेल भ्रमण या दिग्दर्शन?

विचार भए पो हुन्छ
विचार बिना सपना
शिशाजस्तै घज्याम्घुजुम हुन्छ
केवल सत्ता त भागबण्डामात्र हुन्छ
अनि कसरी समृद्द नेपाल बन्छ?
खुसी नेपाली बन्छन्?

नक्शा बनाएरमात्र हुन्छ?
लुटेको भूमी फिर्ताल्याउनुपर्छ।
एमसीसी पासगरे
राष्ट्रीयताको पर्दाफास हुन्छ
केवल भद्दा नाटक हुन्छ।
बिपनामै फल्छ सपना
सपना त सोंचाइ अनि भोगाइ हो
मार्गदर्शन हो सपना
आदर्शको पुञ्ज सपना।

( प्रेस स्वतन्त्रता सेनानी) २०७७।४। १८

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार