समस्याहरू देखेर रुने जीवन, मेरा लागि होइन

होइन, मेरो आँधीजस्तो मनलाई यो स्वीकार्य छैन

मलाई त एउटा महान र अग्लो लक्ष्य चाहिन्छ

र त्यसको लागि आजीवन सङ्घर्षको अटुट सिलसिला चाहिन्छ ।

ए कला  तँ खोल

मानवताको नासो

आफ्नो अमूल्य भण्डारको ढोका मेरा लागि खोल

आफ्नो ज्ञान र संवेगहरूको आलिङ्गनमा

सम्पूर्ण विश्वलाई बेर्दछु म

आऊ,

हामी कसैले नहिँडेको र कठिन सुदूर यात्रा गरौँ

आऊ किनभने लाजमर्दो, उद्देश्यहीन र लक्ष्यहीन जीवन

हामीलाई स्वीकार्य छैन ।

हामी उल्टै उत्पीडन र लाचारीमा बाँच्दैनौँ

हामी आकाङ्क्षा, आक्रोश, आवेग र गर्वसाथ बाँच्दछौँ

साँच्चैको मानिस भएर बाँच्दछौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार