
जेनी जिस्किएर तिमी मसित सोध्न सक्छौ
किन मेरो गीतमा ‘जेनी’लाई सम्बोधन गरिएको हुन्छ ?
जब एकान्तमा तिमीलाई म सम्झन्छु, मनको ढुकढुकी बढ्न थाल्छ
जब एकान्तमा तिम्रो गीत म गाउँछु, मेरो दिल हतास बन्छ
किनकि मात्र तिम्रो प्रेमले मेरो हृदयलाई उत्तेजित पार्न सक्छ
जब तिम्रो नाम प्रत्येक शब्दमा आउँछ, स्वीकार्नै पर्छ
जब तिम्रो नाम लिपिबद्ध हुन्छ, सङ्गीतमय बन्छ
जब देवीबाट बहकिन अभिप्रेरित हुन्छ, ढुकढुकी बन्द हुन्छ
यसकारण कि तिम्रो नाउँमा मिठास छ, माधूर्य छ
र, यसको उच्चारण मेरा निम्ति धुनमय छ
र यसको प्रतिध्वनिमा पूर्ण सन्तुलित छ, गुञ्जायमान छ ।
जस्तो कि आत्मा टाढैबाट काम्न थाल्छ ।
हेर्दै जानु, म हजारौँ ग्रन्थ भर्छु
मात्र प्रत्येक पङ्क्तिमा ‘जेनी’ राखेर ।
आज पनि तिनीहरू संसारलाई लुकाउन सक्छन्
शाश्वत कुरालाई, इच्छालाई दबाउन सक्छन्
मिठासको विरुद्ध जान लालायित बन्न सक्छन्
सबै प्रकारका दीप्त, सबै प्रकारको चमकदमक
दुःख र पीडाको सन्ताप र दिव्य उल्लास
सबै प्रकारको जिन्दगी र आफैमा निहित ज्ञान
म यसलाई पढ्न सक्छु, टाढाको ताराको पङ्क्ति जतिकै
यसरी मन्द हावा फर्केर मतिर आइरहेको छ
जसरी मेघ गर्जंदै हावाको जङ्गली झोँका बग्दैछ
साँच्चै यसलाई मैले गीतको स्थायी अन्तराका रूपमा लेख्ने गरेको छु
ताकि आउँदो शताब्दीले देखोस्
प्रेम नै जेनी हुन्, जेनी नै प्रेमको अर्को नाउँ हो ।
(स्रोत : संसार हल्लाउनेहरु, मूल्याङ्कन लगायत विभिन्न पत्र पत्रिका ।)







