
भूगोल त यहीं हुन्छ
तर रजाईँ अर्कैको हुन्छ
हाम्रो लालपूर्जा अरूकै हुन्छ
सँस्कृति भेष भूषा पराइहुन्छ
सिरिया अफ़ग़ानिस्तान ईराक
गुमाउदैछन् स्वाभिमान
सिक्कीमको छैन
साथी नाम निशान
एमसीसी भए यस्तै हुन्छ
परतन्त्र बन्छ नेपाल।
बिक्रीमा छन् दलालहरू
हनुमानहरूले तालीलगाउँछौ
कस्तो बिडम्बना !
अमेरिकी बाज लगाउछौ ताज
पैसा भए पुग्छ छैन लाज ?
५६ अर्बको प्रलोभन तिम्रो
तर उसले गर्छ राज हाय !
युरेनियम प्रशोधन
अमेरिकन सेना घुम्छ नेपालमा
ज्यालाखाने दलालको हविगत
बेचेर आए सपना बिगत
तिमीले नेपाल बेच्ने अबरु ?
सोंच बर्तमान र बिगत
इन्डोप्यासिफिक रणमा
फस्छ नेपाल समरमा
नेपाल बक्षस्थलमा टेकेर
चिन हान्ने अमेरिकी अभियान
उस्को अभिमान !
पानीका फोकासरी फुट्छ
तर एमसीले युद्ध मैदान हुन्छ देश
न त हुन्छ नेपाली भेष
न त रहन्छ सँस्कृति
हुन्छ बिसंगती र बिकृति
साम्राज्यबादको ग़ुलामी हामी ?
अहँ हुनसक्दैन परतन्त्र
स्वाभिमानी छौं हामी।
भारतको बुइचढेर
अमेरिकी सेना
एमसीसी अश्त्रभिरेर अमेरिकी सशस्त्र सेना
कस्तो हो बिडम्बना !
एता भारतले मिच्दैछ सीमा
लिपुलेखमा भारतीय सेना किन ?
नालापानीजस्तै कालापानी
गर्जिनुपर्छ अब
अमर सिंह भक्ति थापा
बन्नुपर्छ देशको लागि अब
दलालहरू रहेसम्म बन्दैन
देश हाम्रो अब
हिँज यस्तै थियो
झन् झन् बिकराल आज
दलाल रहेसम्म रहदैन नेपाल
न त छ स्वाभिमान
न त स्वतन्त्रता न त लोकतन्त्र
कहिलेसम्म नेपाल परतन्त्र ?
प्राकृतिक स्रोत सबै उतै
नदीनाला उतै गाभिला लेख उतै
पराइ शासन छ साथी
बर्षाइन्छ गोली हामीमाथि
ए, क्रान्तिकारी छौ भने
तिमी लड्ने त
बिस्तारबादसँग हो
साम्राज्यबादसँग हो
आजसम्म जति मरे
साम्राज्यबादी हतियारले मरे
जतिले जेल भरे
उस्का खेतालाहरूले भरे।
भाडाका दलालहरूले भरे
हुदैन हुदैन जनयुद्ले अहिले हुदैन
भोलि होला अहिले हुदैन
जन बिद्रोहको आँधिबेरी
पाखा पखेरा जगाउदै
लेख बेशी सुसाउदै बिद्रोह गर
देश ठप्प हुन्छ
जनता एक जुट भए के हुदैन ?
जनता भन्दा ठूला के हुन्छ ?
किनेको भोट गनेर के हुन्छ ?
क्रान्तिकारीहरू समय बिताउँदैछन्
काल पर्खदैछन् एता न उता
देश त जाँदै छ उपनिबेशमा
उठ उठ देश भक्त जनता
बन्दैन देश दुईचार जना सपूत
मरेर नगए
हुदैन उज्यालो दुई चार तारा
झरेर नगए।
हट्दैन भ्रष्टाचार
पीडक नै सत्तामा रहे
हुदैन न्याय जनतन्त्र नै नरहै
जनजीबिका र राष्ट्रियता लागि
उठौं उठौं किशान मज़दूर साथी
कोरोनालाई चिरेर उठ
घोर अत्याचार छ हामी माथि।
(प्रेस स्वतन्त्रता सेनानी)
०२। ०६। २०७७







