यात्राको कुनै विन्दुमा

एकाएक बदलिदियो

मेरो कलमले लेखनको

स्वरुप

आजीवन लेख्दा – लेख्दा

जिन्दगीको सफेद

फाइलमा

रङ्गिन रुमानी अक्षरहरू ..!

लेख्दा – लेख्दा एकदिन

डायरिको मध्यपृष्ठमा

अचानक लेखिएछ

“क्रान्ति” !

साशकहरूले

ललकार गरे कलमको

सामर्थ

सायद फिका देखेर हुन

सक्छ मसिको प्रगाढता !

त्यसपछि सुरु भएको हो

बग्न

कलमबाट बारुदको

फ्लेवर !

दृश्यहरू बद्लिएका हुन्

कलमको निब देखिएको

हो

बन्दुकको नाल जस्तो !

र निरन्तर छर्किरहेको हो

अक्षर – अक्षरमा

बारुदका चर्का

छिर्काहरू !

मानौ – अब यो कलम

एक अध्यायको अन्तिम

बिन्दुमा उभिएर

हतपतिएको छ युद्ध गर्न !

हतारिएको छ विस्फोट

हुन

ध्वस्त हुने गरि पुरातन

संरचनाको

यो अति जिर्ण र वृद्ध धुरी !

त्यसपछी लगत्तै

आरम्भको घोषणा गर्न

अर्को सुनौलो अध्याएको ।।

– सुमिना

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार