
क्रान्ति हाम्रो आस्था हो
क्रान्ति हाम्रो विश्वास हो
क्रान्ति हाम्रो लक्ष्य हो
क्रान्ति हाम्रो जीवन
त्यसैले
दिन्नौ मर्न हामी
क्रान्तिका सुन्दर सपनाहरु
क्रान्ति सगरमाथा जस्अस्ततै उच्च हुन्छ
क्रान्ति प्रशान्त महासागर जस्तै गहिरो हुन्छ
क्रान्ति शहिदको रगतले उठेको हुन्छ
क्रान्ति जनताको फलामे बलमा बढेको हुन्छ
त्यसैले
दिन्नौ मर्न हामी
क्रान्तिका सुन्दर सपनाहरुलाई
कसैले रोक्न सक्तैन
क्रान्ति रुपी सुनामीलाई
कसैले छेक्न सक्तैन
क्रान्तिको सुनौलो विहानीलाई
कसैले रोक्न सक्तैन
क्रान्तिका ज्वारभाटालाई
त्यसैले
दिन्नौ मर्न हामी
क्रान्तिका सुन्दर सपनाहरुलाई
आउन सक्छन् लाल गध्दारहरु
क्रान्तिको लामो यात्रामा
थाक्न सक्छन् अवसरवादीहरु
क्रान्तिको कठिन बाटोमा
त्यसैले
कसैले रोकेर रोकिन्न क्रान्ति
कसैले छेकेर छेकिन्न क्रान्ति
लाल गध्दार र अवसरवादीहरुलई
क्रान्तिकारीहरुले
दुधमा परेको झिंगा
टिपेर फाले झै गरि
आन्दोलनभित्रबाटै
टिपेर रक्षणमा फ्याँक्दै
अगाडि बढाई छाड्छन्
क्रान्तिकारी योध्दाहरुले
क्रान्तिको तुफाँनी वेगलाई
टाउकोमा मृत्युको कफन बाँधेर
जस्तोसुकै कठिनाइहरु
जस्तोसुकै अप्ठ्याराहरु
आए पनि
कुनै प्रवाह नगरी
कुनै दायाँ वायँ नगरी
कुनै लोभलालच र
अवसरवादमा नफसी
क्रान्तिलाई लक्ष्यमा
पुर्याई छाड्ने छन्
शहिदहरुको रातो र तातो
रगतको टीका निधारमा लगाए
शहिदहरुका सुन्दर सपनाहरु
पूरा गर्ने कसम खाएका
क्रान्तिकारी योध्दाहरुले
त्यसैले
दिन्नौ मर्न हामी
क्रान्तिका सुन्दर सपना
किनकि
सन्तान हौं हामी
महान् वीर योध्दा
अमर शहिदहरुका ।
मिति : १९ कार्तिक २०७७
बुढानिलकण्ठ , काठमाडौं







