
१) नेताहरु आफ्नो कुरारस्पष्टीकरण आफैं राख्न सक्छन् । ती वाणी नभएका सवाल्टर्न होइनन्, जसको प्रतिरक्षा अरु कसैले गरिदिनु परोस् । नेतासँग नजिकिन, वफादार बन्न या वफादारहरुको पनि वफादार बन्न चाकरी बजाउनु, नेताको प्रवक्ता बनेर रोइकराई गर्नु बेग्लै कुरा हो ।तपाईंको रुवाबासी न्यायको पक्षमा हुँदै होइन, आफ्नो मालिकलाई परेको संकटको छटपटी हो ।
२) नेताको कमजोरी जे हो, त्योसँग सरोकारै नभएको बिषयमा आलोचना अन्ततः विषयान्तर र गम्भीर सन्दर्भबाट मानिसलाई भड्काउने चालबाजी हो ।
कुनै पुरुष र महिलाले खिचेको फोटो सामाजिक सञ्जालमा टाँसेर के सावित गर्न खोजेको हो ? के स्थापित गर्न खोजेको हो ? पुरुष र महिलाले सँगै फोटो खिच्न, घुम्न नहुने हो ? तपाईंको दिमागमा के टाँसिएको छ हौ, त्यसमा न्यायधीश बन्ने ?
३) जोसँग सार्वजनिक न्युनतम नैतिकता छैन, उसले आदर्श र नैतिकता किन बेच्ने हो राजनीतिक बजारलाई ? जनताबाट पराजित भएर सांसद हुनेको आदर्श, नैतिकता किनेर जनतालाई नै बेचबिखन गर्ने मिडिया के भएको ?
४) एउटा व्यापारीलाई पिए राख्ने नेताको आदर्श, नैतिकता कस्तो हो ? प्रचण्डले दुर्गा प्रसाईलाई, ओलीले ओम्नीलाई, देउवाले खुमा अर्याललाई पिए राखे जस्तै होइन हाइड्रो साहुलाई काजीले पिए राखेको, कहिले राखेको ?
५) कमान (मेरा पनि प्रिय, आत्मिय थिए, गए- गहिरो सम्झना रहिरहनेछ कमान दाई) सँगको कुराकानीमा सुसनको पक्ष लिँदा काजीले हाम्रो पक्ष भनेका छन् (तपाईंको ।।।। र हाम्रो) । हाम्रो पक्ष भन्नेले कसरी विवादको मध्यस्थता गरेको थियो हुन्छ ? हाम्रो भनिसकेपछि काजीको पनि त्यसमा हिस्सेदारी छ भन्ने बुझिन्छ ।
त्यो हिस्सेदारी काजी, सुसनलाई कसरी मिलेको हो, सार्वजनिक हुनुपर्ला ?







