मैले अल्जजिरा समाचार च्यानल हेर्दै थिए। इजरायिली फौज प्यालेस्टाइन जनताको घरभित्र घुसेर लछार पछार गर्दै युवतीको अस्मितामाथि कुदृष्टी लगाउने गरेको देखाउदै थियो। यसका विरुद्ध नागरिक एक हुँदै स्कुल-कलेजमै पुगेर युवा शक्तीलाई प्रशिक्षित गराउने काम गरेको पनि देखाउदै थियो। आखिरमा जनताको अगाडि ठुला ठुला साम्राज्य घुडा टेकेको इतिहासले बताउछ।

मैले माथिको कुरा यहाँ किन लेखेको हुँ भन्दा हामी सानो छदाँ स्कुल पढ्दादेखी भारतीय हस्तक्षेपको कुरा सन् १८१६को सुगौली सन्धि, सन् १९५०को मैत्री तथा पारवहाँन सन्धि बारेमा अग्रजहरुबाट जानकारी गराइथ्यो। तर हाम्रो जीवनको महत्वपूर्ण समय ४० वर्ष बितिसक्दा पनि त्यो समस्या ज्युँका त्युँ छ, अझै बढेर गएको छ। समस्या समाधान भएको छैन। आज ८२ ठाउँमा हाम्रो सीमा भारतद्वारा मिचिएकोछ। ६१ हजार हेक्टर जमिन हाम्रो अतिक्रमण भएको छ।

यहाँसम्म कि हाम्रो जमिन लिम्प्याधुरा कुटियान्दी कालापानी भारतले अनाधिक्रित रुपमा आफ्नो नक्शा राखेर नयाँ नक्शा प्रकाशित गरेको छ। तर हाम्रो देशको राज्यसत्ताले आफ्नो जनताको लागि सरकारी कार्यालय स्कुल कलेज, गैर सरकारी संस्था कतै पनि आफ्नो देशको पूर्ण नक्शा प्रकाशित गर्दैन। आज नेपाली नागरिकमा राष्ट्रियता भन्ने कुरा छैन। हामी केवल भाडाका सिपाही मात्र भएका छौ। न राजनीतिक पार्टी, न सरकार, न नेपाली जनता राष्ट्रियताको विषयमा सिरियस भएको देखिदैन।

जब कि दैनिक भारतीय सिमा सुरक्षा बलबाट हाम्रा सीमानामा बस्ने नागरिक प्रताडित हुँदै आएका छन्। दैनिक उनिहरुका घरभित्र पस्ने, गरगहना, खसीबोका, कुखुरा भाले लुट्नेदेखी युवतीका अस्मितासम्म लुटेका छन्। विरोध गरे बिभिन्न बहानामा गोलीसम्म हान्ने गरेका घटना बेला बेलामा आउने गर्छ। तिलाठिको घटना हामीले देखेकै छौ। केही बर्षपहिले दाङ जिल्लासँग जोडिएको सीमानामा भारतीय एसएसबिको अत्याचार सहन नसकेर देउखुरीको जङलमा बस्न बाध्य हजारौ जनता हामीले देखेकै हौ।

राष्ट्रियताको कुरा गर्दा नेपाली जनतामा हिन्ताबोध हुने विभिन्न कारण देखिन्छ। हामी सानो राष्ट्र, गरिब राष्ट्र हामी के गर्न सक्छौ ? जस्ता भनाई विभिन्न राजनीतिक नेताहरुबाट पनि आउने गर्छ। त्यो नै दास मनोवृति हो। भारतलाई बुझ्नु भन्दा पहिले हामीले नेपाललाई बुझ्न जरुरी हुन्छ। यदि हामीले भारतको उत्पादित बस्तु नकिन्ने हो भने भारतको ठुलो बजार गुम्ने छ। हामीबाट भारतले ठुलो धनरासी दैनिक भारत लैजान्छ। हाम्रा उद्योग केही दलाललाई किनेर बन्द गराउने भारत नै हो। यो बिषयमा नेपालका राजनीतिकर्मीदेखी सर्बसाधारण जनताले बुझ्न नसक्नु दुर्भाग्य हो। भारतीया नागरिक नेपालमा काम गरेर खरबौ रकम भारत लैजाने कुरा हाम्रा राजनीतिक पार्टी तेसका नेता कार्यकर्ताले कहिले बुझ्ने ? जब सम्म इजराइलले झै सम्पूर्ण नेपालीलाई भारतले दुख दिदैन तबसम्म हामीलाई राष्ट्रियताको महत्व हुँदैन ।

सुस्ताको हाल उस्तै हो। मेचीको पशुपतीनगर यहाँ तक कि काठमान्डौको बानेश्वरमै आएर भारतीय सेनाका सिपाहीले घरमै छापा मारेको कुरा अलि लामो भयो। तर केही बर्ष पहिले काठमाण्डौको जेलमै भारतीय खुफिया विभागको मान्छेले जमिम शाहमाथि गोली हानी हत्या गरेको कुरा शायद कसैले भुलेका होलान्। तर पनि हामी भारतलाई आफ्नो मित्र शक्ती भन्दै आएका छौ। वास्तवमा भन्ने हो भने हामीमा राष्ट्रियता भन्ने चिज १८१६ पछि हरायो भन्दा हुन्छ।

त्यो बेला नेपाली जनतामा राष्ट्रिय भावना थियो र त सिन्धुलीगढीमा कही पराजित नभएको ब्रिटिस सरकार हामीसँग पराजित भएको थियो। त्यो बेलाका शासक मात्र होइन जनता पनि भाला खुकुरी, खुडा तरवार र लाठी लिएर युद्दमा जान्थे। आज हामी भारतले नाकाबन्दी गर्‍यो भने उसैको सीमानामा पुगेर कालोबजारिमा सामान ल्याएर कालोबजारी बढाउछौ के को राष्ट्रियता ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार