
साक्षी छ हाम्रो इतिहास, मुक्ति कहीँ डुबेन
ठोकेर भन्न मिल्छ, हार हुँदैं हुँदैन ।
साक्षी छ हाम्रो इतिहास ….
मोर्चाहरुको हारले युद्धको हार हुन्न
सहिदहरु बढेर हिम्मत खसेको हुन्न
उठ्छन् ती बस्ती बस्ती, आँधीहरु भिरेर
उदाउँछन् चन्द्र सूर्य कालो निशा चिरेर
उज्याऊ मुठ्ठीहरु छेकेर छेकिँदैन
साक्षी छ हाम्रो इतिहास
गाली ढिपी कसेर के लछार्न सक्थ्यो
पत्करहरु खसेर कोशी कहाँ रुकेथ्यो
कायरहरु हटेर शक्ति घटेको हुन्न
पिलो निचोरी फ्याक्दा वजन घटेको हुन्न
भत्काऊ उसका किल्ला, रोकेर रोकिदैन
ठोकेर भन्न मिल्छ, हार हुँदैं हुँदैन
साक्षी छ हाम्रो इतिहास







