जो बाइडेन संरा अमेरिकाका राष्ट्रपति बनेको भर्खर केही साता भयो । तर, उनको विश्व दृष्टिकोण भने अहिले नै लगभग प्रस्ट भइसकेको छ : आफ्नो घर(देश) बनाउने, आफ्ना सहयोगीहरूसँग मिलेर काम गर्ने, कूटनीतिको बाटो पछ्याउने, अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा समावेश हुने र लोकतन्त्रको वकालत गर्ने । उनका यी विश्व दृष्टिकोणले स्पष्टतः दोस्रो विश्वयुद्धपछि सफल मानिएको अमेरिकी विदेश नीतिको परम्पराकै लय समातेको देखिन्छ । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ती सबै परम्परा लत्याएका थिए ।

विदेश मन्त्रालयबाट आफ्नो विदेश नीतिबारे पहिलो पटक भाषण गर्ने क्रममा गत फेब्रुअरी ४ मा बाइडेनले भनेका थिए, “अमेरिका फर्केको छ ।” उनले विदेश सचिव टोनी ब्लिनकेनलाई आफ्नोतर्फबाट विदेश नीतिबारे बिस्तारमा बोल्न अह«ाएका थिए । त्यो दिन विशेषतः अमेरिकी कूटनीतिज्ञ र कूटनीतिलाई साथमा लिएर काम गर्ने विषयमा उनले विस्तृत चर्चा गरेका थिए ।

बाइडेनले त्यही कार्यक्रममा जर्मनीलगायत कहीँबाट पनि संरा अमेरिकी सेना फिर्ता नहुने घोषणासमेत गरे । सम्भवतः नाटोका सदस्य देशहरूलाई संरा अमेरिकी सुरक्षा सुनिश्चितताप्रति विश्वास दिलाउन उनले त्यो कदम चालेको हुनसक्छ । त्यस्तै रुसमा बढ्दो सरकारविरोधी प्रदर्शनबाट ध्यान अन्यत्र तान्न राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशतिरको चलखेल चालु नराखोस् भनेर पनि बाइडेनले साङ्केतिकरूपमा यस्तो अभिव्यक्ति दिएका हुनसक्छन् । यसअघि पूर्वराष्ट्रपति ट्रम्पले जर्मनीलगायत विभिन्न देशबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।

साउदी अरबमा पनि बाइडेनले बाटो स्पष्ट पारेका छन् । उनले यमनको युद्धबाट संरा अमेरिकी सैनिक र गुप्तचर शक्तिलाई अलग राखेर उपरान्त कूटनीतिक र मानवीय नीतिमा संरा अमेरिका संलग्न हुने प्रस्ट पारेका छन् । त्यस्तै बाइडेनले इरानसँग सामना गर्न साउदी सरकार एक्लो नभएको सङ्केत गरेका छन् । साउदी अरबको कमजोर मानव अधिकार अवस्थाको कारण संरा अमेरिकासँगको बढ्दो असहमतिबीच गहिरिंदो जटिलताबीच बाइडेनका सबै नीतिले सहजै काम गरिहाल्ने अवस्था भने छैन ।

संरा अमेरिका आफैमा अन्तरनिहित धेरै पक्षले बाइडेन सफल हुने सम्भावना भने सीमित मात्र देखिन्छ । संरा अमेरिकाको संसद् भवनमा गत जनवरी ६ मा भएको हमलापछि प्रजातन्त्रको पक्षमा संरा अमेरिकाको वकालतको धरातल कमजोर बनेको छ । त्यहाँको धु्रवीकृत राजनीति, जातिवादको महामारी र कोभिड–१९ महामारी सहाल्न ट्रम्पको एक वर्ष लामो असफलताको कारण पनि लोकतन्त्रप्रति संरा अमेरिकी पक्षधरताको भुइँ निकै कमजोर बनेको छ ।

महामारी र त्यसले निम्त्याएका आर्थिक अवनति समाल्न भएका प्रयासका परिणामहरू क्रमशः सदृश्य हुनु सुखद कुरा हो । तर, दुःखद कुरा के हो भने संरा अमेरिकामा अझै पनि राजनीतिक र सामाजिक विभाजन फराकिलो बन्दै गएको छ । अमेरिकाले आफ्नै उदाहरणको बलले संसारको नेतृत्व गर्छ भन्न बाइडेनलाई खुब स्वाद लाग्छ । तर, संसारले प्रशंसा गर्ने कुनै उदाहरण बन्न संरा अमेरिकालाई अब धेरै समय लाग्ने हुनसक्छ ।

उनी सकेसम्म बढी शरणार्थीको लागि आफ्नो ढोका खुला गरेर मानवीय चासो देखाउन खोजिरहेजस्तो देखिन्छ । विकासशील देशहरूमा कोभिड–१९ का अझ बढी खोप दिएर पनि उनले यस्तो प्रभाव पार्न सक्छन् । यो नैतिकरूपमा मात्र सही होइन, अमेरिकाको हितको लागि समेत आवश्यक छ । उसको यस्तो कदमले भाइरसको उत्परिवर्तित रूप मौलाउने गतिलाई धिमा बनाइदिन्छ । भाइरसका उत्परिवर्तित रूपको सङ्क्रमण नै हालसम्म उपलब्ध खोपको लागि सबभन्दा मुख्य चुनौती हो । यसरी खोपको वितरण व्यापक बनाउन सके धेरै देशलाई आर्थिक प्रगतिको परिधि फराकिलो बनाउन मद्दत पुग्नेछ जस कारण संरा अमेरिकामा शरणार्थीहरूको चाप पनि कम हुँदै जानेछ ।

बाइडेनले रुस र चीनलाई ‘कानुनी शासन’को उल्लङ्घन गरेको भन्दै आलोचना गर्ने गरेका छन् । तर, उनी आलोचनामात्र गर्नसक्ने अवस्थामा छन् । पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ संरा अमेरिकाले नाकाबन्दी थोपरे पनि त्यसको आर्थिक सामना गर्न तयार छन् । उनीहरू आफ्नो राजनीतिक नियन्त्रण कायम गर्न सक्षम छन् । तर, मानव अधिकारको कारण देखाएर संरा अमेरिका ती देशसँग सम्बन्ध बलियो बनाउन अनकनाइरहेको छ । रुससँग नयाँ स्टार्ट आणविक सम्झौता थप पाँच वर्ष विस्तार गर्न बाइडेन सरकारले यथार्थलाई न्यूनाङ्कन गरेको अनि त्यस्ता अरू पनि ज्यादै महत्वपूर्ण चासोलाई ध्यान दिनुपर्छ ।

धेरै राम्रा निर्णय गर्न अझ थाँतीमै छन् । इरानको आणविक कार्यक्रमको सन्दर्भमा बाइडेन सरकार ठोस निर्णयमा पुग्न अझै सकेको छैन । सन् २०१५ मा संरा अमेरिकासमेतको संलग्नतामा भएको इरान आणविक सम्झौतामा फेरि फर्किने वा नफर्किने विषयमा उसले कुनै निक्र्योल गर्न सकेको छैन । तालिवानसँग एक वर्षअघि भएको सम्झौताको हालत के हुने हो, कुनै ठेगान छैन । उत्तर कोरियाले आणविक र मिसाइल कार्यक्रमलाई जारी नै राखेको छ । तिनका बारेमा उसको के योजना छ ? कुनै टुङ्गो छैन ।

उनको चीन नीति हल्ला गर्नसम्म ठीक छ, तर कार्यान्वयनमा लान सजिलो छैन । चीनको व्यवहारप्रति बाइडेन आक्रामक छन् । तर, अमेरिकी हितको कुरा उठ्नासाथ चीनसँग सहकार्यको हात बढाउनुको उनीसँग अर्को विकल्प पनि छैन । संरा अमेरिकी आलोचना, नाकाबन्दी र संवेदनशील प्रविधिको निर्यातमा निषेधको जवाफ दिन तयार हो वा होइन भन्ने कुराको निक्र्योल चीन आफैले गर्नुपर्छ ।

सङ्क्रामक रोग, जलवायु परिवर्तनदेखि आणविक निःशस्त्रीकरण र साइबर स्पेससम्मका आजको विश्वले सामना गरिरहेका समस्याको सामना गर्ने लक्ष्य प्राप्तिको लागि विश्वलाई कुन उद्देश्यका साथ एक ठाउँमा ल्याउने हो भन्ने विषयमा संरा अमेरिका अस्पष्ट छ । ती विषयमा संसारभर आम सहमति छैन । सबैलाई मिलाएर काम गर्ने क्षमता भएको अन्तर्राष्ट्रिय समुदाय पनि छैन । संरा अमेरिकाले न आफूले चाहेजस्तो अरूलाई ती विषयमा काम लगाउन सक्छ न आफू एक्लैले नै केही गर्न सामथ्र्य राख्छ ।

धेरै राम्रा निर्णय गर्न अझ थाँतीमै छन् । इरानको आणविक कार्यक्रमको सन्दर्भमा बाइडेन सरकार ठोस निर्णयमा पुग्न अझै सकेको छैन । सन् २०१५ मा संरा अमेरिकासमेतको संलग्नतामा भएको इरान आणविक सम्झौतामा फेरि फर्किने वा नफर्किने विषयमा उसले कुनै निक्र्योल गर्न सकेको छैन । तालिवानसँग एक वर्षअघि भएको सम्झौताको हालत के हुने हो, कुनै ठेगान छैन । उत्तर कोरियाले आणविक र मिसाइल कार्यक्रमलाई जारी नै राखेको छ । तिनका बारेमा उसको के योजना छ ? कुनै टुङ्गो छैन ।

यद्यपि बाइडेनको विदेश नीतिले आकार लिंदै गर्दा यसमा अमेरिकाका दुवै शासक दलको संलग्नता आवश्यक छ । सकेसम्म अमेरिकी संसदको पनि यसमा संलग्न गराउन आवश्यक छ । अमेरिकाका सहयोगी देशहरू आज आगामी चार वर्षमा ट्रम्प नै नभए पनि ट्रम्पवाद भने फर्किन सक्नेमा सजग छन् । ट्रम्प आज अमेरिकी प्रभावको अवनतिको उदाहरण बनेका छन् । कार्यकारी अधिकारको लागि बाइडेनको उत्साहलाई बुझ्न सकिन्छ । तर, बाइडेनले आन्तरिक राजनीति देशकै सीमाभित्र सीमित हुनुपर्ने नीतिलाई पुनः स्थापित गर्नुपर्छ ।

(लेखक संरा अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद :सुमन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार