यही फागुन १९र २० गते दुई दिनमा भएको तीन चरणको वार्ताले नयाँ र युगान्तकारी आयाम थपिएको छ। समृद्ध नेपालको ढोका खुलेको छ। बल पुगेर नै यहाँसम्म आयो। अब यसलाई शान्तिपूण तरिकाले अगाडि बढाउनुपर्छ। जनमतको माध्यमबाट संसदीय व्यवस्थालाई वैंज्ञानिक समाजवादमा रुपान्तरण गर्नुपर्छ। सरकार र विप्लव नेकपाबीचको वार्ता कुनै आत्मसमर्पण नभएर समयको माग र देशको आवश्यकता हो।

अहिले राष्ट्रिय सवालमा महासंकट आएको छ। राष्ट्रियता र जनजीवन खतरामा छ। नेपालमा भारतीय दलालहरुले चलखेल गरिरहेको अवस्था छ। यहाँसम्म कि उनीहरुले भारतलाई सुबिधाजनक सरकार भनेर आत्मसमर्पण गरेको अवस्था छ। तीब्र रुपमा भारतले नेपालको भूभाग माथि अतिक्रमण गरिरहेको छ। अमेरिकाले दलालमार्फत एमसीसी पासगराउने योजना बुनिरहेको अवस्था छ। भारतले लिम्पिया धुरा र कालापानीलाई आफ्नो नक्शामा समेटेको कुरा छ। देशमा भ्रष्टाचार मौलाए पनि प्रम केपी वलीले राष्ट्रियताको सवालमा अडान देखाएका छन्। लिम्पियाधुराको चुच्चो समेटेर नेपालको नक्शा बनेको छ। वलीले भारतीय पत्रकार झिकाएर नेपाल र भारत बडेभाइ र छोटे भाइ भन्ने बिभेद होइन समान छौं भन्ने अन्तरवार्ता दिएका छन्। भूगोल सानो ठूलो भए पनि दुबैको समान अस्तित्व छ। पञ्चशील सिद्धान्तको आधारमा सम्बन्ध हुनुपर्छ भन्ने उद्घोष गरेको अवस्था छ।

लेखक झपेन्द्रराज वैद्य

हिजोको सहमतिमा कसैलाई टाउको दुख्नसक्छ। मुटु खानसक्छ।। सुन्दर विचार र नैलो विहानीको थालनीमा ब्यक्तिको बिम्ब बिद्रूपीकरण गर्न भए नभएको कथा बुनिन सक्छ। आफ्नो कुण्ठा ग्रस्त मानसिकतालाई चित्त बुझाउन अरस्तुको भनाइमा मनोबिरेचन गर्न चरित्रहत्याको सहारा लिन्छ मानिस। जब मानिसको विचार र तर्क हुदैन उसले गाली र चरित्र हत्याको सहारा लिन्छ भनेर एंगेल्सले भनेका छन्। क्रान्तिसँग घुँडा टेक्नेको हिसाब हुँदैन। अभियान हाँक्नेहरुको हिसाव हुन्छ।

नेपालको राजनीति सधै विदेशीको हातमा रहेको हुन्छ। खास भन्ने हो भने राजनीतिको अड्डा कि त अमेरिकामा हुन्छ कित भारतमा। विदेशीको लागि सुविधाजनक सरकार हुनुपर्छ। विदेशीले जे जे निर्देशन दिन्छ त्यही काम गर्नुपर्छ। एमसीसीको जोडघटाउले संसद विघटन र पुनर्वाहली हुन्छ। यस पहिले एमसीसी पासगर्नु हुदैन भनेर जोडदार रुपमा आवाज निकाल्ने नेता झलनाथ खनालले अहिले एमसीसी पासगर्नु पर्छ भनेर बोली फेरेका छन्। उनी यस सम्बन्धी आयोगमा पनि बसेका थिए। प्रचण्ड र माधब कुमार नेपाल एम सीसी पासगर्नुपर्ने अभिब्यक्ति निकालिरहेका छन्। प्रचण्ड नेपाल समूह एम सीसीको पक्षमा बिकिसकेका छन्। पछिल्लो समय प्रचण्डले एमसीसी पासगर्नुपर्छ भनेर अमेरिकालाई सघाएका छन्। प्रम केपी वलीले त एमसीसी पास गर्ने कुरा गदै आएका थिए। तर ब्यबहारमा त्यसो देखिएन। एमसीसी पासगर्ने प्रेसर भएको बेला उनले संसद विघटन गरेका हुन्। चाहे नाकाबन्दीको समयमा होस या लिम्पियाधुराको सवालमा होस, उनले राष्ट्रियताको पक्षमा अडान लिएको कुरालाई मान्नुपर्छ।

अहिले नेपालको संसदीय व्यवस्थामा जुन जोगी आएपनि कानै चिरेका हुन्। केपी वलीको स्थानमा अरु भए पनि यस्तै हुन्थे। ओलीले जुन तानाशाही चलाई रहेका छन्, अरुले पनि चलाउँथे। फरक यति होकि ओलीमा धेरै दम्भ छ।एनसेलको सशक्त विरोध गरेकाले अमेरिकी निर्देशनमा लोकतन्त्रको हत्या गरेर भए पनि नेकपालाई प्रतिबन्धित गरे। यसले गदौ केही निर्दोष नागरिकले पनि प्रतिबन्धको तीतो अनुभूतिगरे। प्र्तिबन्धले गर्दा केही भौतिक संरचनाको पनि क्षती हुनपुग्यो। विद्रोहीको पनि क्षति भयो। तर प्रशिक्षण र संगठन विस्तारको काम विस्तार हुँदै गएको कुरा समाचारबाट अबगत गर्न सकिन्छ। राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि अहिले प्रम वलीले बिद्रोहीलाई वार्तामा ल्याउने साहसिक काम गरेका छन्।

अहिले चिन्ताको विषय त कम्युनिष्ट बिचार हराउदै गएको कुरा हो। विश्व साम्राज्यवादले आफ्नो एजेन्ट वा दलाल लगाएर कम्युनिष्ट समाप्त गर्न चाहन्छ। नेपालमा पनि यही भएको छ। डवल नेकपा नाम मात्रको कम्युनिष्ट भएको छ। साम्राज्यवादले कम्युनिष्ट लगाएर कम्युनिष्ट समाप्त पार्न चाहन्छ। अहिले यही भएको छ। डवल नेकपामा पनि पद र प्रतिष्ठको आन्तरिक कलह छ। यो बिकसित हुदै छुट्टै पार्टी बन्ने अवस्थामा पुगेको छ। कहिले कस्लाई उचाल्छ त कहिले कस्लाई। कम्युनिष्ट शासन समाप्तपार्नु साम्राज्यवादको रणनीति हो। तर अहिले पार्टीभित्रको अन्तरविरोधले गर्दा संसदीय व्यवस्था नै असफल देखिएको छ। दुई समूहबीच कुरा मिल्न नसक्ने हो भने संसद चल्नसक्ने अवस्था छैन। अहिले प्रचण्ड र नेपाल नेका नेता शेरबहादुर देउवामा धाईरहेका छन् अंकगणितको खेलका लागि। संभवतः शेरबहादुर प्रम बन्ने छन्। तर रामचन्द्र पौडेलले मानिरहेका छैनन्। वीपीको समाजवाद कांग्रेसले छाडेको छ। वीपीले गरेको किसा आन्दोलन कांग्रेसले समाप्त पारेको छ। पूर्व राजा महेन्द्रको मोहियानी हकलाई पछिल्ला पिढीले समात्न सकेन। पहिले बनेका उद्योग कारखाना पनि बेचिदै गए।

कम्युनिस्टले पनि केही गरेन। कम्युनिस्ट पतन भएपछि हरिबिजोग नै हुन्छ। विचारको मतलब हुँदैन। केवल पद र कुसी ठूलो हुन्छ। नामधारी कम्युनिष्ट कुहेको फर्सीजस्तै भएर रमिता देखाए। के अब सच्चा कम्युनिष्ट आउनसक्दैन ? अवश्य आउँछ। जबसम्म समाजमा वर्ग रहन्छ, पीडित र उत्पीडित रहन्छन् तबसम्म समाजलाई अग्रगति दिने कुरामा कम्युनिष्ट शासन अपरिहार्य रहन्छ। दास व्यवस्थाको विकसित रुप सामन्तवाद हो भने सामन्तवादको विकसित रुप पुँजीवाद हो।

अहिले पुँजीवाद मरणशान्न अवस्थामा रहेको छ। पुँजीवादको विकसित रुप समाजवाद हो। जसलाई हामी वैज्ञानिक समाजवाद भन्दछौं। यस व्यवस्थामा योग्यता अनुसार काम र काम अनुसार माम हुन्छ भने साम्यवादी व्यवस्थामा योग्यता अनुसार काम र आवश्यकता अनुसार माम हुन्छ। समाजवादी व्यवस्थामा सामुदायिक जीवन हुने हुनाले यसमा तेरो र मेरो भन्ने भावना हुदैन। स्वस्थ्य, औषधी, शिक्षा निशुल्क हुन्छ। शिक्षका पसलहरु हुँदैनन्। माक्र्सवाद लेनिनवाद र माओवाद एउटा विज्ञान हो। यो कहिल्यै मर्देन। द्वन्द्वात्मक भौतिकवादबाट नै विकासको क्रम शुरु हुन्छ। जनतानै सबभन्दा ठूला हुन्। जनताले चाहेमा जे पनि गर्न सक्छन्। जनताको संघर्षबाट नै परिवर्तन आएको हुन्छ। स्वतन्त्रताको लागि जनता जस्तो सुकै क्रुर शासनविरुद्ध लडेका हुन्छन्। हालसालैको कुरा हेर्ने हो भने म्यानमारमा शेनाले कु गरी सुकीलाई अपदस्थ गर्दा ठूलो विद्रोह भएको अवस्था छ। हिजो फागुन २० गते मात्र ३५ जना विद्रोही मारिएका थिए। संघर्षबिना मुक्ति संभब छैन। नेपाली कांग्रेसले पनि त २००७ सालमा विद्रोह गरेको थियो।

अहिले सबै पार्टीका देशभक्त, प्रजातन्त्रप्रेमी, जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा विद्रोह गर्नुपर्ने आवश्यकता छ। विद्रोह नगरी संवाद र वार्ताबाट हल भएमा संघर्ष गर्न कसैलाई रहर हुँदैन। अहिले संसद असफल भएको हुनाले यसको विकल्प नागरिक समाजले खोजेको छ।

प्रेस स्वतन्त्रता सेनानी २०७७। ११। २२

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार