पलपलका सम्झनाले ढल्न दिएको छैन
हजुरको पैतालामा हानेको गोलीले घुँडा छेडेको थियो रे
दुश्मनले तपाईलाई ढाल्न टाउकोमा पनि गोली हान्यो रे हजुर नढलेर
जनताको नेता ढाल्न टाउकोमा पनि गोली ठोकेको सम्झनाले

थुप्रै सहिदको अन्याय भएकोले यो होलीमा मस्तिष्कभरी थुप्रै कुमार पौडेल,तिर्थहरुको रगत मात्र भरियो !
तपाईले न्याय पाएको दिन
हाम्रो होली हो कमरेड

वयोवृद्द आमा र बुवाको टेक्ने लठ्ठी भचिएको त्यो कालो दिन
कलिलै उमेरमा विधवा भै सिउँदो पुछिएर भाग्य खोसेको कला भाउजुको त्यो अँध्यारो दिनको सुरुवात
साथै बालअवस्थामा नै टुहुरा भएका सन्ततीको पीडा
र तिहारमा दिदिबहिनी जम्मा भएर टीका लगाउदा तपाईं बस्ने आसन खाली हुनुको पीडा
दिदी लक्ष्मी जहाँ जाँदा पनि हजुरको फोटो साथै राख्नुहुन्छ
यी सबै पीडाले भरिएको हजुरको झुपडीको सान्त्वना र सद्भाव
आफैं बन्नु त छँदै छ नि कमरेड
बुवा पछिको अभिभावक गुमाएका कान्छा भाई हरिकृष्ण र दिदिहरु लक्ष्मी, सानु र कान्छी बहिनीले शोकलाई शक्तिमा बदल्दैछन् कमरेड
न्यायको पर्खाइमा छन् कमरेड
हजुरको सपना पूरा गर्न
किसानको अधिकार प्राप्तिको निम्ति
ठुल्दिदी जुट्नु भएको छ
हजुरलाइ मर्न दिएको छैन
हजुरको घरले ढल्न पनि दिएको छैन
संस्मरणमा मुठभेड भनेर निशस्त्र योद्धा ढालेको त्यो कालो दिनले
आदरणीय कमरेड न्याय पनि त पाएको छैन
न्यायको लडाइमा जनताको सुदिन आएमा
तपाईं लगायत हजारौं सहिदको न्याय हुनेछ
महान सहिद कमरेड कुमार पौडेल अमर रहुन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार