
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल इन्डो–प्यासिफिकमा अमेरिकाको महत्त्वपूर्ण साझेदार भएको बताएका छन्। वासिङ्टनस्थित विदेश मन्त्रालयमा द्विपक्षीय वार्ताअघि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।
‘नेपाल र अमेरिकाबीच ७६ वर्ष लामो कूटनीतिक सम्बन्ध छ। र, नेपाल आज इन्डो–प्यासिफिकमा अत्यन्त मूल्यवान् साझेदार हो,’ उनले भने, ‘खुला, स्वतन्त्र, सुरक्षित र समृद्ध क्षेत्रका लागि हामी मिलेर काम गरिरहेका छौँ।’
विश्व मञ्चमा नेपालले अन्तर्राष्ट्रिय संस्थाहरूमा रचनात्मक भूमिका खेलेको भन्दै उनले प्रशंसा पनि गरे।
परराष्ट्रमन्त्री साउदले अनेक क्षेत्रमा अमेरिकाले नेपाललाई सहयोग गरिरहेको भन्दै धन्यवाद दिए।
त्यसपछिको द्विपक्षीय वार्तामा उनीहरूबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार र साझेदारी सुदृढीकरण, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना कार्यान्वयनलगायत विषयमा कुराकानी भएको थियो।







