![]()
आफ्नो पछिल्लो मध्यपूर्वको व्यस्त भ्रमणबाट बैठकमा पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मंगलबार जी–७ सँग गाजा संघर्षका बारेमा ‘एउटै स्पष्ट आवाज’ मा बोल्न आग्रह गरे ।
जापानी विदेशमन्त्री योको कामिवाकाले जी–७ का मुलुकहरूबाट मानवीय युद्धविराम गर्न र मानवीय पहुँच सुनिश्चित गर्नका लागि आह्वान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
एक कूटनीतिक स्रोतले गाजामा मानवीय आपत्काललाई ध्यानमा राख्दै प्यालेस्टिनी नागरिकका लागि मानवीय हेरचाह तुरुन्तै विस्तार गर्न आवश्यक छ भन्ने विषयमा मन्त्रीहरूबीच व्यापक एकता रहेको उल्लेख गरेको छ ।
स्रोतका अनुसार छलफलमा मानवीय विरामका बारेमा ‘रचनात्मक आदानप्रदान’ भएको थियो भने गाजाको भविष्य र संघर्षलाई बढ्नबाट कसरी रोक्ने भन्नेबारे जी–७ र यस क्षेत्रका अन्य मुलुकहरूबीच छलफलको आवश्यकता महसुस गरिएको थियो ।
युक्रेन युद्धमा जी–७ किभलाई ‘बलियो समर्थन’ जारी राख्ने र रुसमाथि ‘गम्भीर प्रतिबन्ध’ लगाउने आफ्नो संकल्पमा एकताबद्ध रहेको जापानले बैठकपछि बुधबार बताएको छ ।
‘मध्यपूर्वमा तनाव बढिरहेको भए पनि युक्रेनलाई समर्थन गर्ने हाम्रो दृढ प्रतिबद्धता कहिल्यै डगमगाउने छैन भन्ने स्पष्ट सन्देश अन्तर्राष्ट्रिय समुदायलाई पठाउनका लागि जी–७ एकताबद्ध हुनु महत्त्वपूर्ण छ,’ जापानी विदेशमन्त्री कामिकावाले भने ।
युक्रेन युद्ध सुरु भएको २०औं महिना पुगेको छ र युक्रेनले रुसको जवाफी हमलाबाट अग्रता लिन संघर्ष गर्नुपरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित रूपमा पश्चिमी नेताहरूसँग भेटघाट गर्दै आएका छन् ।







