नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज विद्रोहको मशाल बालेर माल्कोट गाउँलाई ‘सी गाउँ’ घोषणा गरेका छन । उनले विद्रोहको मशाल बालेर ‘सी गाउँ’ घोषणा तथा सांस्कृति कार्यक्रमको घोषणा गरेका हुन ।

प्रतिक्रियाादी सत्ताका विरुद्ध जनयुद्धको बेला ऐतिहासीक विद्रोह गरेको गाउँ माल्कोट भएकाले मंगलवार विद्रोहको मसाल बालेर प्रवक्ता प्रकाण्डले माल्कोटलाई ‘सी गाउँ’ अथवा कम्युनिष्ट साम्यादी गाउँको घोषणा गरे ।

सुरु देखि कम्युनिष्टको उर्बरभूमीको रुपमा चिनिने माल्कोट जनयुद्धकालमा विद्रोहको मुख्य आधार किल्ला भएकाले पनि ‘सी गाउँ’ घोषणा गर्नुको ऐतिहासीक महत्व छ ।

स्मरणयोग्यःकुरा के भने जनयुद्धकालमा जनदमनका लागि गाउँमा पुगेको प्रहरीले हत्या, हिंसा, बलात्कार र आगजनी गरिरहेको बेला २०५४ साल चैत्र २६ गते माल्कोटका महिलाहरुले संगठित रुपमा प्रतिरोध गरेका थिए ।

महिलाहरुले प्रहरीका विरुद्ध प्रतिरोध मात्र गरेनन् उनीहरुले प्रहरीलाई गाउँबाट लखेट्दै रहगाड हुदै चिउरी मेला सम्म लखेट्दै हतियार खोजेर नेकपा माओवादीलाई बुझाएका थिए ।

त्यो महिलाहरुको पहिलो तथा ऐतिहासीक संगठित र साहासीक विद्रोह थियो । त्यो विद्रोह र प्रहरी विरुद्धको प्रतिरोधका क्रममा प्याउकली विक ,विजया विक,जया विक लगायतका ६ जना साहसी महिलाहरु प्रहरीको गोली लागेर घाईते भएका थिए ।

प्रहरी विरुद्धको प्रतिरोधका बेला कालिवहादुर विकको उच्च साहदत्त समेत भएको थियो । सुरुमा माल्कोटका महिलाहरुले लखेट्दै लगेका प्रहरी माथि कोटवाडतिरबाट पनि जनताले प्रतिरोध गरेका थिए ।

सोही क्रममा चिउरी मेला ओढारमा लुकेर बसेको तत्कालिन सरकारको हत्यारा प्रहरीले गोली हान्दा कोटवाडाका कालिवहादुर विकको उच्च साहदत्त भएको थियो ।

यही ऐतिहासीक विद्रोहलाई स्मरण गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले मंगलवार विद्रोहको मशाल बालेर माल्कोट गाँउलाई ‘सी गाउँ’ घोषणा गरेका हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार