
नेपाल कम्युनिस्ट पार्टीमा अब सबै जातीय क्षेत्रीय मोर्चाहरुले आफ्नो संगठनको नामको अगाडि समाजवादी राख्ने निर्णय गरेका छन्। हालै नेपाल कम्युनिस्ट पार्टीको जातीय/क्षेत्रीय मोर्चाहरुको केन्द्रीय भेला/बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीको स्पष्ट नीति र उद्देश्यलाई संवोधन गर्ने शब्द समाजवाद भएको र त्यसले शव्दको भाव समेत बोक्ने भएकोले यस्तो निर्णय गरिएको पार्टी स्रोतले बताएको छ।
अब नेपाल कम्युनिस्ट पार्टीको जातीय मोर्चाहरु मगर मुक्ति मोर्चाको नाममा समाजवादी मगर मुक्ति मोर्चा, समाजवादी नेवा मुक्ति मोर्चा, समाजवादी लिम्बुवान मुक्ति मोर्चा, समाजवादी थारुवान मुक्ति मोर्चा रहने भएको छ ।
त्यसैगरी क्षेत्रीय मुक्ति मोर्चाहरुमा समाजवादी मधेशी मुक्ति मोर्चा, समाजवादी मुश्लिम मुक्ति मोर्चा नेपाल रहनेछ।
त्यस्तै कर्णाली राष्ट्रिय मुक्ति मोर्चा नेपाल, सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चा नेपाललगायत क्षेत्रीय मोर्चाहरुले पनि अब नामको अगाडि समाजवादी राख्ने निर्णय गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको जातीयरक्षेत्रीय मोर्चाहरुको केन्द्रीय भेलार बैठक केही दिनअघि कपिलवस्तुमा सम्पन्न भएको थियो।
पार्टीका स्थायी समिति सदस्य तथा जातीय/क्षेत्रीय मोर्चाहरुको इन्चार्ज समेत रहेका बिषम सीले सो भेला बैठकको अध्यक्षता तथा संचालन गरेका थिए भने प्रमुख अतिथी महासचिव कमरेड विप्लव सी रहेका थिए।








