२९औं जनयुद्धको अवसरमा नेकपा महासचिव विप्लव सीले केन्द्रीय कार्यालय कपिलवस्तुमा झण्डात्तोलन गरेका छन् ।

मंगलबारबार पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टीको झण्डा फहराएर झण्डात्तोलन गरेका हुन् ।

झण्डात्तोलनमा नेकपा स्थायी समिति सदस्य अनिल सी, पोलिट व्युरो सदस्यहरू असल सी, ध्रुव सी, आजाद सी, केन्द्रीय सदस्यहरू अडिग सी, आरोह सी, विजय सी, हेमन्त, सुनिल लगायतको उपस्थिति रहेको थियो ।

झण्डात्तोलनमा जनस्वयम् सेवकले कम्युनिस्ट पार्टीको झण्डाको सलामी अर्पण गरेका थिए ‌‌‌‌। साथै महासचिव विप्लवलाई पनि सलामी अर्पण गरेका थिए ।

सो अवसरमा अतारवाणी, बेलुन फकेर तथा व्यानर प्रदर्शन गरिएको थियो । कार्यालयमा जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको थियो ।

केन्द्रीय कार्यालय कपिलवस्तुमा झण्डात्तोलन कार्यक्रमपछि औपचारिक रुपमा जनयुद्ध दिवस कार्यक्रम मनाइएको थियो ।

सो कार्यक्रमपछि बेलुका महासचिव विप्लवको उपस्थितिमा दीप प्रज्जवलनसहित नाँचगान कार्यक्रम पनि मनाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार