
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दश वर्षे जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले चलाएको जनवादी शिक्षाहरु पूर्ण रुपले सफल ढंगले चलेको बताएका छन् ।
रोल्पाको थबानलगायत देशका विभिन्न स्थानमा तत्कालीन माओवादीहरुले चलाएको जनवादी शिक्षाले दिएको सेवाले कयौं सरकारी स्कुलमा पढेका विद्यार्थीहरु जनवादी स्कुलमा भर्ना हुन आएको महासचिव विप्लवको दावी गरे ।
आफ्नो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनकोको २३ औं राष्टिय सम्मेलनलाई काठमाडौंमा संवोधन गर्दै महासचिव विप्लवले जनयुद्धका क्रममा २३ वटा जनवादी स्कुल चलेको स्मरण गराए ।
त्यही जनयुद्धकालमा दर्जनौं सहकारीहरु संचालनमा भएको र ती सबैं मूनाफामा केन्द्रीत रहेको, पाँचवटा कम्युनहरु चलेको, र सयौंको संख्यामा श्रम सहकारीहरु चलेको र सफल भएको महासचिव विप्लव सीको दाबी थियो ।
तर जनयुद्धबाट माओवादी शान्ति प्रक्रियामा आएपछि आफैले संचालन गरेका जनवादी शिक्षा, जनकम्युन र जनसहकारीहरु विघटन हुँदा सिंगो जनयुद्धका उपलव्धिहरु गुम्न पुगेको महासचिव विप्लवले इतिहासको जानकारी गरे ।
साथैं जनयुद्धकालमा दर्जनौं उद्योगहरु संचालन हुँदा ती उद्योगहरुले जुत्ता उत्पादन, साबुनपानी उत्पादनजस्ता कयौं उत्पादन गरेको तर आज ती सबैं गुम्न पुगेको महासचिव विप्लवको भनाई छ ।
आफ्नो पार्टीले १८ वर्षअघि भनेको यो संसदीय व्यवस्थाले गर्न सक्दैन भनेर भनेको कुरा पुष्टी भएको महासचिव विप्लवले दाबी गरे ।







