
विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा चलिरहेको २३ औं राष्ट्रिय सम्मेलनले विधान र प्रतिवेदन पारित गरेको फ्याक्सन इन्चार्ज तथा स्थायी समिति सदस्य शिलु सीले बताएकी छन् ।
साथैं खिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गरि अखिल (समाजवादी) राख्ने निर्णय पारित भएको छ।
सम्मेलन भोली बुधबार विहान ८ बजेबाट पुनः संचालन हुनेछ । जारी बन्दसत्रले मदन, विनोद, विज्ञान, यशोदा र कमलको अध्यक्ष मण्डलसमेत घोषणा गरिएको अध्यक्ष समेत रहेका मदन सीले जानकारी दिए ।
मदनका अनुसार बुधबार विहानको बन्दसत्रको प्रारम्भामा महासचिव विप्लवले सम्बोधन गर्ने छन् ।







