
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री प्रचण्डसँग सल्लाह नै नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा भारतलाई दिने तयारी गरेको खुलासा भएको छ ।
किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरवा विमानस्थल र पोखरा विमानस्थल भारतलाई दिनेबारे मनपरी ढंगले कार्यदल गठन गरेको बुझिएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार नेपाली काङ्ग्रेस निकट शंकरराज शर्माको नेतृत्वमा कार्यादल गठन गरिएको छ । कांग्रेस नेताको नेतृत्वमा कार्यदल गठन हुनुलाई अर्को रहस्यको रुपमा हेरिएको छ।
नेकपाका महासचिव विप्लवले प्रचण्डको काखमा बसेर देश बेच्ने खेल सरकार भित्रबाटै भएको आरोप लगाएका छन् । सोमबार केन्द्रीय कार्यालय बुद्धनगरमा जनपत्रिका विद्युतिय अखबारसँग कुरा गर्दै विप्लवले सो आरोप लगाएका हुन् ।
हिसीला यमी पर्यटन मन्त्री हुँदा भारतीय मार्शल (सुरक्षाकर्मी) राख्ने भनि गरिएको तयारी जनदवाबको कारण रोकिएको थियो । हाल सरकारका पर्यटन मन्त्री किराँतीले पनि विदेशीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भाडामा दिएर राष्ट्रिय सुरक्षामा गंभीर खतरा निम्त्याउन खोजेका छन् ।
सुनसरी धरानको धार्मिक विवादमा अमेरिकी धर्म राजनीतिको पक्षमा लागेका किराँतीलाई नेकपाका स्थायी समिति सदस्य अनिल सीले मन्त्रीमण्डल र माओवादी केन्द्रभित्र घुसपैठ भएको आशंका गरेका छन् ।







