अमेरिकी सांसद चक सुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना हुनुमा षड्यन्त्रको आशंका गरेका छन्।
‘उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो, जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटनाजस्तै देखिन्छ’, सुमरले भने, ‘तर दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ।’
दुर्घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी दिइएको छ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको हो।








