
कोहलपुर नगरपालिका वडा नम्बर १० स्थित सृष्टि सामुदायिक बनका उपभोक्ताद्वारा उक्त बनमा असार २९ गते देखि साउन १ गते सम्म गरि जम्मा चार दिन वृक्षारोपण गरिएको छ ।
८२.०७ हेक्टर क्षेत्रफल रहेको उक्त बनमा करिब चार हेक्टर जग्गामा २५०० बिरुवा वृक्षारोपण गरिएको छ । बनका उपभोक्ताहरुले तीन वर्ष देखि लगातार वृक्षारोपण गर्दै आएको कुरा सृष्टि सामुदायिक बन उपभोक्ता सनुहका अध्यक्ष तारा बहादुर खत्रीले बताउनु भएको छ।
उक्त सामुदायिक बनमा १३० घर धुरी संख्या रहेको छ ।२०६२ को १२,२० मा स्थापना भएको उक्त सामुदायिक बनमा स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिने बेल प्रसस्त मात्रामा पाइन्छ ।
बेलबाट जुस र अन्य बस्तुहरु बनाउन सकिन्छ। बेल त्यत्तिकै खेर गइरहेको देखिन्छ। बेलको जुस बनाएर बहुराष्ट्रिय कम्पनी द्वारा उत्पादित कोकाकोलालाई कम गर्न सकिन्छ। त्यस्तै बनमा अमला पनि त्यत्तिकै पाइन्छ। जसबाट अचार बनाउन सकिन्छ। अमला भिटामिन सी को महत्त्वपूर्ण स्रोत मानिन्छ।
बनमा हालसम्म आँप,अमला ,जामुन,बकाइनु ,सिसौ,लगायत अन्य बिरुवाहरु वृक्षारोपण गर्दै आएको देखिन्छ।
बनलाई राम्रोसँग संरक्षण गर्न सकेको खण्डमा उपभोक्ताहरुले त्यसबाट प्रसस्त लाभ उठाउन सक्ने देखिन्छ।







