
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले शेख हसिनाविरुद्धको विद्रोह पूर्व नियोजित रहेको बताएको भारतीय सञ्चारमाध्यामले दाबी गरेका छन्।
यसलाई सावधानीपूर्वक डिजाइन गरिएको आन्दोलन भनेका छन्। यसमा लिडर्सिप र मास्टरमाइन्डको नाम समेत उनले उल्लेख गरेको दाबी गरिएको छ।बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार रहेका युनिसले उक्त दाबी गरेका हुन्। उनले पहिलो पटक यो आन्दोलन (बंगलादेशमा भएको विरोध) पूर्वनियोजित भएको स्वीकार गरे। साथै उनले यो प्राकृतिक विद्रोह नभएको बताए।
रिपोर्ट अनुसार मोहम्मद युनुस हाल अमेरिकामा छन् । उनी संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेका हुन्। यस क्रममा उनले क्लिन्टन इनिसिएटिभ कार्यक्रमलाई सम्बोधन गरेका थिए। यस कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बिल क्लिन्टन पनि उपस्थित थिए।
बंगलादेशको प्रमुख अङ्ग्रेजी अखबार ढाका ट्रिब्यूनमा प्रकाशित रिपोर्टका अनुसार मुहम्मद युनुसले आफ्ना विशेष सहायक महफुज आलमलाई शेख हसिना सरकारविरुद्ध राष्ट्रव्यापी आन्दोलनको मास्टरमाइन्डको रूपमा वर्णन गरेका छन्।

यस कार्यक्रममा युनुसले आफ्नो सम्बोधनमा महफुज आलमको प्रशंसा गरेका थिए। उनले भने, यो हामीले सँगै लिने जिम्मेवारी हो। यसमा उनी (महफुज आलम) साधारण युवा भएको बताए। उनको काम अदितीय भएको बताए। युनुसले भने, ‘जब उहाँको बोली सुन्नुहुन्छ, उहाँ आफ्नो भाषण,समर्पण र प्रतिबद्धताले सम्पूर्ण राष्ट्रलाई हल्लाउन सक्ने क्षमता छ।’ युनुसले देशमा क्रान्तिको मुख्य सूत्रधार उनीनै भएको बताए।
यस घटनाको भिडियो पनि सामाजिक सञ्जालमा उपलब्ध छ। जसमा महफुज आलम पनि मोहम्मद युनुसको छेउमा उभिएका छन्। अरु युवाहरु साथमा उभिएका छन्। युसुफ महफुजको काँधमा हात राख्दै उनको प्रशंसा गर्छन्। र महफुज आलम मुस्कुराउँछन्।
शेख हसिना सरकार विरोधी प्रदर्शनको बारेमा कुरा गर्दै मोहम्मद युनुसले यो अचानक नभएको बताए। यो सावधानीपूर्वक डिजाइन गरिएको थियो आन्दोलनका नेता को हुन् भन्ने जनतालाई थाहा थिएन। तपाईंले एउटा मान्छेलाई समातेर आन्दोलन सकियो भन्न सक्ने अवस्था थिएन।







