नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसकाे अवसरमा सोमबार मङ्सिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सभालाई पार्टीका महासचिव विप्लव सीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बाेधन गर्ने नेकपाले जनाएको छ ।

सभा हुनुअघि भाेलि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसकाे पूर्वसन्ध्यामा आज मंसिर ७ गते दिपावली गर्दैछ ।

यसअघि पार्टी पुनर्गठन दिवसकाे अवसरमा मङ्सिर ५ गते पत्रकार सम्मेलन, ६ गते भक्तपुरकाे सल्लाघारीदेखि काठमाडौँका विभिन्न स्थानमा माेटरसाइकल रर्याली गरिसकेको छ । भाेलिकाे जनसभामा उपस्थितिका लागि सबैलाई अनुरोध समेत गरेको छ ।

नेकपाले मंसिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसकाे अवसरमा देशव्यापी जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउन लागेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार