
नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आज बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा प्रस्ताव पेश गर्ने बताइएको छ ।
बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए ।
उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषय सी, अनिल सी, उमा सी, भरत सी र सुशील सीको उपस्थिति रहेको छ ।
स्थायी समिति बैंठकपछि पोलिटव्यरो बैंठकहुँद पार्टीको केन्द्रीय समिति बैंठक यही मंसर २७ गते शुरु हुनेछ । सोही बैंठकबाट पार्टीले धेरैं महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।







