नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा महासचिव विप्लवले प्रस्तुत गरेको प्रतिवेदनमाथि ५ जनाले समूहगत धारणा राखेका छन् ।

कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालय जारी बैठकमा १२ वटा समुहमध्ये ५ समूहका नेताहरूले संलेषित रूपमा धारणा राखेका छन् ।

बैठकमा महासचिव विप्लवले पेश गरेकाे १७ पृष्ठ लामाे प्रतिवेदनमाथि पूर्वी लम्बिनीबाट विरेन्द्र सी, गण्डकीबाट काजी सी, पूर्वबाट हुकुम सी, जवस माेर्चाबाट विश्लेषण सी र बागमतीबाट श्रीजन सीले समूहगत धारणा राखेका छन् ।

समूहगत छलफल बिहानैंदेखि शुरु भएसँगैं आज बेलुकीसम्म समुहगत छलफल सकिने बताइएको छ ।

नेकपाको प्रतिनिधि समिति बैंठक बस्नुअघि पार्टीको करिब एक हप्ता लामो केन्द्रीय समिति बैंठक चलेको थियो । सो बैंठक सकिएसँगैं प्रतिनिधि समितिको बैंठक शुरु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार