
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी रणवीरकाे नेतृत्वमा ‘एमसीसी सराेकार समिति’ गठन गरिएको छ ।
नेपालमा अमेरिकी नेतृत्वमा एमसीसी कार्यान्वयन हुन गइरहेकाे भन्दै त्यसलाई राेक्न नेकपाले यस्ताे समिति निर्माण गरेकाे हाे ।
एमसीसी सराेकार समितिमा पार्टीका केन्द्रीय सदस्यहरु विपिन सी र सुदर्शन सी रहेका छन् ।
यस समितिले एमसीसीविराेधी शक्तिहरुसँग बृहत ढंगले छलफल गर्ने र एमसीसीविरुद्ध काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेकाे छ ।
यसका साथैं यस समितिले एमसीसीविरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णयसमेत गरेकाे छ ।
यसैबीच नेकपाको एमसीसी सरोकार समितिका संयोजक रणवीर सीले मंगलबार एक प्रेस विज्ञेप्ती जारी गर्दै केहीदिन अघि बसेको कार्यदलको बैंठकको निर्णयलाई कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहने बताएका छन् ।








