माओ त्सेतुङ २६ डिसेम्बर सन् १८९३ मा हुनान प्रान्तको साउसान भने गाउँका एक साधारण मध्यम किसान परिवारमा जन्मनुभएको थियो । माओ मञ्चु वंशको विरोधमा भएको सन् १९११ को क्रान्तिबाट प्रभावित भई १८ वर्षकै उमेरमा सेनामा भर्ना हुनुभयो ।

कोमिनताङ पार्टीका नेता सनयात सेन मञ्चु वंशको अन्त्यपछि वा सन् १९११ को क्रान्तिबाट चीनको अस्थायी राष्ट्रपति भन्नुभयो । क्रान्ति सकिएपछि माओले विद्यार्थी जीवनमा नै रुस, अमेरिका, बेलायत, फ्रान्स आदि देशको इतिहास, भूगोल अध्ययन गर्नुभएको थियो । उहाँले राजनैतिक दर्शनशास्त्र, डार्विनको ‘जातीय उत्पति’, रुसोको राजनैतिक पुस्तक, प्राचीन ग्रिसका साहित्य, प्राचीन चिनियाँ साहित्य दर्शन, नीतिशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, विश्वको इतिहास अध्ययन गरिसक्नुभएको थियो ।

माओले ४ मई १९१९ को आन्दोलनमा लागेर आफ्नो हृदयको देशभक्तिपूर्ण भावनाको प्रदर्शन गर्नुभयो । ४ मई को आन्दोलन पहिलो विश्वयुद्धमा बेलायत, अमेरिका, फ्रान्स, जर्मन, इटाली तथा अन्य मुलुकहरूको पेरिसमा भएको भेलाबाट विभिन्न देशहरू मिलेर चीनको विभाजन गरी भागबन्डा गरिएको विरोधमा भएको आन्दोलन हो । चीनको हुनानको साङतुङ जापानको भागमा परेको थियो । यसरी साम्राज्यवादी मुलुकले चीनलाई भागबन्डा गरी लुट्न लागेको विरोधमा भएको आन्दोलनबाट चीनमा साम्राज्यवादविरोधी भावनाको विकास भयो र साम्राज्यवादविरोधी आन्दोलन सुरु भयो ।

माओ २१ जुलाई १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो सदस्य बन्नुभयो । माओले १९२४ मै आफ्नै अनुभवले किसानहरूसँग साम्राज्यवाद र सामन्तवादसँग लड्ने जुझारु क्रान्तिकारी भावना देख्नुभयो । उहाँले चिनियाँ क्रान्तिको एक शक्ति किसान क्रान्ति हो भनी बुझ्नुभयो । चिनियाँ क्रान्तिको मुख्य समस्या किसान समस्या हो भन्ने निचोडमा उहाँ पुग्नुभयो । सन् १९२५ मा उहाँले चीनको किसान समस्या, चिनियाँ समाजको वर्ग विश्लेषणबारे लेख लेख्नुभयो । उहाँ किसान क्रान्तिमा अग्रसर हुनुभयो ।

माओले सन् १९२६ मा हुनान किसान आन्दोलनलाई उठाउनुभयो । उहाँले गुप्त सङ्गठन गर्नुभयो । उहाँले करोडौँ किसानहरूलाई हुनानको आन्दोलनमा सरिक गराउनुभयो । सामन्त, जालीफटाहा र शोषकहरूविरुद्ध खेत, खलियानमा हमला गरियो । शोषक, जालीफटाहाहरूलाई कागजको टोपी लगाई गाउँ घुमाइयो । मोहियानी हक, कम ब्याजदर कायम गरी पुराना रीतिरिवाजमा सुधार गरियो । गाउँको पुल पुलेसो, खानेपानीजस्ता निम्नत्तम आधारभूत क्षेत्रमा सहयोग गरियो । हुनानको किसान आन्दोलनले चीनको क्रान्तिको शक्ति किसान वर्ग हो भन्ने सन्देश दियो । उहाँले प्रतिक्रियावादी, साम्राज्यवादी, पिछलग्गू शक्तिसँग जुध्न सशस्त्र सङ्घर्षलाई जोड दिनुभयो ।

माओ सन् १९११ को पुँजीवादी राष्ट्रिय क्रान्तिको नेतृत्व गर्न कोमिनताङ पार्टी वा चीनको सरकारसँग संयुक्तरूपमा सङ्घर्ष अघि बढाउँदै साम्राज्यवादी शक्तिलाई हराउनुपर्दछ, देशबाट लखेट्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । तर, कति पार्टीका नेताहरू कोमिनताङसँग सहकार्य गर्न चाहनुहुन्नथ्यो । चीनको किसान आन्दोलनको शक्ति र किसानहरूको सशस्त्र शक्ति देखेर साम्राज्यवादी देशहरू बेलायत, जापान, अमेरिकी शक्तिले कोमिनताङ सरकार अर्थात् च्याङकाइशेकलाई चीनको क्रान्तिविरुद्ध लड्न सैनिक सामानहरू सहयोग गर्न थाले । उहानमा सुरु भएको पाँचौँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा चेनतुश्युको नेतृत्वसँग माओले सैद्धान्तिक भिडन्त सुरु गर्नुभयो । चेनतुश्युले माओको किसान क्रान्तिलाई अस्वीकार गरे । उनले जमिनदारहरूको जग्गा जफत गरी किसानहरूलाई वितरण गर्ने जमिनदारी सत्ताको ठाउँमा किसान मजदुरहरूको सत्ता कायम गर्ने र सशस्त्र फौज निर्माण गर्ने नीतिको विरोध गरे । कम्युनिस्ट पार्टीलाई कोमिनताङको पिछलग्गू बनाउने नीति अघि बढाइयो । संसदीय चुनावबाट जाने विचार अगाडि सारियो ।

हुनान किसान विद्रोह, क्यान्टन विद्रोह, नानचाङ विद्रोहजस्ता थुप्रै किसान मजदुरको विद्रोहको शक्ति देखेर च्याङकाइशेकले कम्युनिस्टहरूसँगको संयुक्त मोर्चा जोडेर १ लाख फौज पठाएर ‘क्याङसी’ क्रान्तिकारी कम्युनिस्टहरूको आधार इलाकामा घेरा हाली हमला गरे । च्याङकाइशेकले पाँच स्थानबाट हमला गरेका थिए । शत्रुलाई भित्रसम्म घुस्न दिने र अचानक हमला गर्ने माओको सैनिक रणनीतिले च्याङकाइशेक पछि हट्न बाध्य भयो ।

दोस्रो, तेस्रो र चौथोसम्म क्रान्तिकारी लालसेनाले च्याङकाइशेकको फौजलाई हरायो । पाँचौँ पटक १० लाखभन्दा बढी फौजद्वारा १९३३ मा च्याङकाइशेकले घेरा हाली आक्रमण गरे । त्यस आक्रमणमा सैनिक रणनीतिको प्रयोग नगरी प्रत्यक्ष प्रत्याक्रमणमा तत्कालीन नेतृत्व युद्धमा सामेल भयो । लालसेनाको ठुलो पराजय भयो । अन्ततः सैनिक रणनीतिको गलत प्रयोग या आफ्नो शक्ति दम्भले लालइलाका छोड्नु प¥यो । ८० हजारको लालसेना ३० हजारसम्म बाँकी रह्यो । तत्पश्चात् शत्रु कमजोर भएको स्थानबाट पछाडि हट्नुप¥यो ।

चुइन सम्मेलनमा वाङमिङको खोटो विचारले क्रान्तिकारी शक्तिले हार खानुपरेको विषयमा छलफल भयो । वाङमिङको नेतृत्वको ठाउँमा माओ अध्यक्ष चुनिनुभयो । १९३५ सेप्टेम्बरमा हुनान र हुपेइको लालइलाकाबाट माओको नेतृत्वमा लामो हिँडाइ सुरु भयो ।

जापानी साम्राज्यवादले उत्तर चीनको इलाकामा आक्रमण गर्न थालेपछि चीनको राष्ट्रिय अस्तित्वमाथि खतरा देखिन थाल्यो । उत्तर चीनमा जापानी आक्रमणको विरोधमा ९ डिसेम्बर १९३५ मा पेइचिङमा विश्वविद्यालयका विद्यार्थीहरूद्वारा विशाल जुलुस प्रदर्शन गरी विरोध गरियो । ‘गृहयुद्ध बन्द गर’ र ‘जापानी साम्राज्यवादविरुद्ध सबै एक हौँ’ भन्ने नारा देशभर उठ्यो ।

जापानी साम्राज्यवाद चीनमाथि पूर्ण उपनिवेश कायम गर्ने उद्देश्यसहित टोकियोले आक्रमण थालेपछि चीनमा एउटा राष्ट्रिय सङ्कट देखियो । यसको प्रतिरोध गर्न माओले मजदुर, किसान, निम्न पुँजीपतिवर्ग, राष्ट्रिय पुँजीपतिवर्गसँग मिलेर एक राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर्ने घोषणा गर्नुभयो ।

१९३७ मा कोमिनताङ पार्टीको च्याङकाइशेकसँग कम्युनिस्ट पार्टीबिच सम्झौता भयो । गृह युद्ध बन्द भयो र जापानी साम्राज्यवादसँग संयुक्त प्रतिरोध युद्ध सुरु भयो ।

१९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अनुबम खसाल्यो । जापानले प्रथम विश्वयुद्धमा आत्मसमर्पण ग¥यो ।

१० अक्टोबर १९४५ मा चुङकिङमा कोमिनताङसँग चिनियाँ कम्युनिस्टका माओ त्सेतुङ र चाउएनलाईसमेतको टोलीले वार्ता ग¥यो । त्यसबेला ल्युसाव चिले सिङ्गो कम्युनिस्ट पार्टीलाई संसदीय प्रजातान्त्रिक चुनावबाट नयाँ परिवेशमा अगाडि जाने विचार अगाडि सार्नुभयो । तर, माओले प्रजातान्त्रिक संसदीय चुनावबाट पुँजीवादी व्यवस्थामा आत्मसमर्पण गर्ने खोटो विचारबारे १९३९ मै नयाँ जनवाद वा नौलो जनवादबारे लेख लेखेर स्पष्ट पारिसक्नुभएको थियो ।

१९४५ को चुङकिङ चिनियाँ कम्युनिस्ट पार्टीसँग भएको सम्झौता च्याङकाइशेकले अमेरिकी साम्राज्यवादको उक्साहत तथा सहयोगमा तोडे । माओले च्याङच्याङको सरकारलाई समाप्त पार्न लालसेनालाई आदेश दिनुभयो । कोमिनताङको राजधानी नाङकिङ २३ अप्रिलमा कब्जा गरियो ।
१ अक्टोबर १९४९ मा अध्यक्ष माओले पेचिङको थेन आन– मेन चोकबाट चीनमा प्रजातान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गर्नुभयो ।
९ सेप्टेम्बर १९७६ मा सर्वहारावर्गका महान् गुरु, चिनियाँ जनताका महान् नेता माओ त्सेतुङको देहावसान भयो ।

चीनमा १९४९ क्रान्ति सम्पन्न भएपछि चिनियाँ सरकारले क्रान्तिकारी भूमिसुधार, १९५९ देखि पञ्चवर्षीय योजनासहित कृषि सहकारी खेती, समाजवादी खेती गरी आधुनिक कृषिको विकासमा अग्रणी भूमिका खेल्यो । विशाल ग्रामीण इलाकाका व्यक्तिहरूलाई समाजवादी सिद्धान्तअनुसार हरेक व्यक्तिको कामअनुसार ज्यालाको बन्दोबस्त गरिएको थियो  । उद्योग, कलकारखाना, फलाम, इस्पातजस्ता औद्योगिक उत्पादन, यातायात, स्वास्थ्यको विकासका पूर्वाधार अगाडि बढिसकेको थियो ।

विज्ञान र प्रविधि विकासमा १९५६ देखि १९६७ सम्मको योजनाअनुरूप विकासका योजनाहरू अगाडि सारिएको थियो ।

अक्टोबर १९६४ मा चीनले पहिलो पल्ट आणविक हाइड्रोजन बम परीक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । १९८२ मा चीनले अन्तरिक्ष यान प्रक्षपेण गर्न सफलता प्राप्त ग¥यो । यसमा विज्ञान प्रविधिको विकासको प्रमुख स्थान रहेको पुष्टि हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार