
नेपाल कम्युनिस्ट पार्टीले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिद्धारा आयोजित सो कार्यक्रम काठमाडौंस्थित जमल नाँचघरमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दैं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम विप्लव सीले आफुहरुलाई देशको नेतृत्व दिए अहिलेको सिंहदरवारलाई जनताको घर आँगनामा लैजाने घोषणा गरेका छन् ।
१५६ औं लेनिन जयन्ती र ७७ औं नेकपा स्थापनाको अवसरमा विभिन्न पार्टीबाट धु्रवीकृत हुने सयौं नेताकार्यर्तालाई संवोधन गर्दै महासचिव विप्लवले आफ्नो सत्ता देशको नेतृत्वमा पुगे सिंहदरवारलाई खेत बारीमा लगेर जनताको सेवा गर्ने बताए ।
अहिलेसम्मका जति पनि प्रधानमन्त्री वा नेता भए ती सबैं सिंहदरबारमा विलय भएर हराएको भन्दैं महासचिव विप्लवले सत्ताको केन्द्र नैं बदल्नु पर्ने आवश्यकता जनाए ।
नेपालमा अहिले ४० देखि ५० वर्षसम्म कम्युनिस्ट पार्टीमा केही नेताहरु महासचिव वा अध्यक्ष भएको भन्दैं महासचिव विप्लवले कम्युनिस्ट नेताहरु सधैं सत्ताको नेतृत्वमा बसिरहनु भएको एकढंगको राजतन्त्रजस्तै भएको बताए ।
अहिले नेपालमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे ५० वर्षदेखि नेतृत्वमा छन्, मोहन विक्रम सिंह पनि ५० वर्षदेखि नेतृत्वमा र प्रचण्ड पनि ४० वर्षदेखि नेतृत्वमा रहेकोले उनीहरु राजतन्त्रको जस्तैं लामो समय नेतृत्वमा रहेको भन्दैं यस्तो संस्कृति गलत भएको महासचिव विप्लवको कथन थियो ।
नेपालमा कम्युनिस्ट पार्टी (संसदीय कम्युनिस्ट पार्टी)हरु निश्चित कम्युनिस्ट सिद्धान्तबाट विचलित भएका कारण नेपाली जनताले धोका पाएको महासचिव विप्लवको भनाई थियो ।
सोही कार्यक्रममा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत विभिन्न कम्युनिस्ट पार्टीबाट सयौं नेता कार्यकर्ता नेकपामा धु्रवीकृत भएका थिए । धु्रवीकृत हुनेहरुलाई महासचिव विप्लवले अविर र खादा लगाएर स्वागत गरेका थिए ।








