नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम विप्लव सीले आफुहरुलाई देशको नेतृत्व दिए अहिलेको सिंहदरवारलाई जनताको घर आँगनामा लैजाने घोषणा गरेका छन् ।

१५६ औं लेनिन जयन्ती र ७७ औं नेकपा स्थापनाको अवसरमा विभिन्न पार्टीबाट धु्रवीकृत हुने सयौं नेताकार्यर्तालाई संवोधन गर्दै महासचिव विप्लवले आफ्नो सत्ता देशको नेतृत्वमा पुगे सिंहदरवारलाई खेत बारीमा लगेर जनताको सेवा गर्ने बताए ।

अहिलेसम्मका जति पनि प्रधानमन्त्री वा नेता भए ती सबैं सिंहदरबारमा विलय भएर हराएको भन्दैं महासचिव विप्लवले सत्ताको केन्द्र नैं बदल्नु पर्ने आवश्यकता जनाए ।

नेपालमा अहिले ४० देखि ५० वर्षसम्म कम्युनिस्ट पार्टीमा केही नेताहरु महासचिव वा अध्यक्ष भएको भन्दैं महासचिव विप्लवले कम्युनिस्ट नेताहरु सधैं सत्ताको नेतृत्वमा बसिरहनु भएको एकढंगको राजतन्त्रजस्तै भएको बताए ।

अहिले नेपालमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे ५० वर्षदेखि नेतृत्वमा छन्, मोहन विक्रम सिंह पनि ५० वर्षदेखि नेतृत्वमा र प्रचण्ड पनि ४० वर्षदेखि नेतृत्वमा रहेकोले उनीहरु राजतन्त्रको जस्तैं लामो समय नेतृत्वमा रहेको भन्दैं यस्तो संस्कृति गलत भएको महासचिव विप्लवको कथन थियो ।

नेपालमा कम्युनिस्ट पार्टी (संसदीय कम्युनिस्ट पार्टी)हरु निश्चित कम्युनिस्ट सिद्धान्तबाट विचलित भएका कारण नेपाली जनताले धोका पाएको महासचिव विप्लवको भनाई थियो ।

सोही कार्यक्रममा माओवादी केन्द्र, ए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार