चीनले आइतबार (अप्रिल २०) हेबेई प्रान्तको सुनान काउन्टीमा आफ्नो पहिलो  १० जी ब्रॉडब्यान्ड नेटवर्क सुरु गरेको छ ।

बाँकी विश्वमा अमेकिा, यूरोपलगयत देशले अहिले फाइभ जी नेटवर्क मात्र चलाइरहेको बेला चीनले पहिलोपटक टेन जी नेटवर्कको शुरु गरेर संसारलाई चकित बनाएको छ ।

यस इन्टरनेटको उद्देश्ष्य ९,८३४ एमबीपीएस सम्मको डाउनलोड गति, १,००८ एमबीपीएसको अपलोड गति मात्र ३ मिलिसेकेन्ड सम्म सेवा प्रदान गर्नु हो ।

फाइभ जी निष्क्रिय अप्टिकल नेटवर्क (PON) प्रविधी, जसले १० जी नेटवर्कहरूलाई शक्ति प्रदान गर्दछ । अनि विद्यमान फाइबर–अप्टिक पूर्वाधारमा डेटा प्रसारणमा सुधार गर्दछ ।

यस प्रविधिको उच्च–ब्यान्डविथ प्रयोगहरूमा क्लाउड कम्प्युटिङ, भर्चुअल र अग्मेन्टेड रियालिटी, ८के भिडियो स्ट्रिमिङ र स्मार्ट होम डिभाइसलाई एकीकृत गर्नेछ ।उदाहरणका लागि पूर्ण–लम्बाइको 4k चलचित्र (लगभग २० Gb साइज) डाउनलोड गर्न सामान्यतया ७–१० मिनेट मात्र लाग्नेछ ।

यसले चीन विश्वव्यापी ब्रोडब्यान्ड प्रविधिको अग्रपंक्तिमा उभिएको छ । यसभन्दा पहिले संयुक्त अरब इमिरेट्स र कतारजस्ता देशहरूमा चलिरहेको व्यावसायिक ब्रोडब्यान्ड गतिलाई उछिनेर चीन अगाडि आएको हो छ ।

१० जी ब्रोडब्यान्डको कार्यान्वयनले छिटो र भरपर्दो डाटा प्रसारणलाई सक्षम पारेर स्वास्थ्य सेवा, शिक्षा र कृषि लगायत विभिन्न क्षेत्रहरूमा प्रगतिलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार