नेकपानिकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिद्वारा आयोजित ‘जातीय मुक्ति र सी जातिको प्रश्न’ विषयक विचार गोष्ठीमा विभिन्न राजनीतिक दलका नेता र प्रबुद्धहरुले सी जातिबारे विभिन्न धारणाहरु व्यक्त गरे ।
काठमाडौंमा हालैं समाजवादी मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय संयोजक सुदर्शन सीले ‘जातीय मुक्ति र सी जातिको प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा बोल्दैं नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष विषम सीले सी जाति अहिलेसम्म उपयुक्त विचार र दृष्टिकोण भएको बताउँदैं यसभन्दा अर्को वैज्ञानिक विकल्प भए त्यसमा आफुहरु सहमत हुने बताए । नेता विषमले यो बहसमा भाग लिन सबैंमा आग्रह गरे ।
सन्तोष विषम सी भने- ‘सी जातिबाहेक सबैले मान्ने ट्रर्मिनोलोजी (शव्द) खोजौं तर हामीले सी जाति अर्थात् साम्य जाति बनाउने प्रस्ताव गरेका छौं र पार्टीमा लागू पनि गरेका छौं ।’
माक्र्सवादी चिन्तक एवं अध्येयता रमेश सुनुवारले नेकपाले अघि सारेको सी जातिको प्रस्ताव निकैं ठूलो कदम रहेको बताउँदैं अहिले तत्काल संभव नभएपनि यो एक दुश्साहसिक प्रयास भएको बताए ।
सुनुवारले भने- ‘नेकपाको सी जातिको प्रश्न ठूलो ऐतिहासिक कदम हो, यो दुश्साहिक प्रयास हो । संसारमा जसले आँट र दुश्सास गर्दछ, ऊ नैं सफल हुन्छ । सुनुवारको थप भनाई छ- ‘बादरबाट एउटा बादरले दुश्साहस नगरेको भए त्यो जाति बादरबाट मान्छे बन्न सक्दैनथ्यो । बादरबाट मान्छे बन्न ७० लाख वर्ष लागेजस्तैं सी जाति बन्न पनि निकै लामो समय लाग्नेछ तर प्रयास र पहदकदमी ठीक छ ।’
माओवादी केन्द्रका नेता सुरेश आलेमगरले नेकपाले अघि सारेको सी जातिको प्रश्न बेठीक नभएपनि यो अहिलेको दुनियाँमा अलि असंभव रहेको बताए ।
आलेमगरको कथन थियो- ‘सी जातिको अवधारणा त्यति बेठीक चाँहि होइन तर त्यसका लागि नेपाल र विश्वभर वातावरण बनिसकेको छैन, त्यो पूरा हुन कठिन छ ।’
त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा संकायका निवर्तमान डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीले नेपालमा कम्युनिस्ट पार्टीका नेताहरु नैं कम्युनिस्ट बन्न नसकिरहेको बेला सी जाति बन्न झन् गाह्रो हुने तर प्रस्ताव सही रहेको बताए ।
डा.बुढाथोकीको भनाइँ छ- ‘नेपालमा कम्युनिस्ट बन्न गाह्रो छ । मैले कतै सुनेअनुसार पश्चिमा (अमेरिका र यूरोप) देशका गोराहरु र नेपालमा बाहुनहरु कम्युनिस्ट बन्न सक्दैनन् भन्नेछ । सी जाति बन्न झन् कठिन छ, तर पहलकदमी ठीक छ ।’
वरिष्ठ पत्रकार एवं जनजाति अध्येयता भवानी बरालले सी जातिको प्रस्ताव निकैं ठूलो प्रस्ताव भएको भन्दैं अहिले यति चाँडैं निर्णयमा पुग्नु अलि हतार भएको जिकिर गरे ।
बरालको कथन थियो- ‘सी जातिको प्रश्न र अवधारणा निकैं ठूलो अवधारणा हो तर यसलाई सानो छलफलबाट निर्णयमा पुग्न अलि हतार हुनसक्छ कि ? तर सी जातिको प्रस्ताव ठीक छ ।’
नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगाबहादुर मगरले अहिले देशमा मगर समुदायलगायत विभिन्न जातिहरुको अधिकार सुनिश्चित नभइरहेको बेला सी जातिको प्रस्तावले विभिन्न जनजातिहरुको पहिचान गुम्ने कि भन्ने डर आफुलाई लागेको बताए ।
उनको भनाई छ- ‘२२ लाख मगर जातिले मगरात्त नैं नपाइरहेको बेला सी जातिको अवधारणाले हाम्रो मगर समुदायदेखि विभिन्न जनजातिहरुको पहिचान त लोप हुने होइन ? नेकपाले यसबारे सोचिदिनुपर्छ ।’
कार्यपत्रमा नेकपानिकट अखिल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सी, श्रमिक समुदाय मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीलगायतले पनि संक्षिप्तमा आफ्नो विचार राखेका थिए ।













