इजरायली जासुसी संस्था मोसाद एजेन्ट क्याथरिन पेरेज शकेडले इरानमा पसेर के गर्नसम्म पनि पछि परेनन् ! यो सुन्दा पनि मान्छेको शरीर जिरिङ्ग भएर आउँछ ।

इरानभित्र छिरेर इजरायलका लागि महत्वपूर्ण सूचना प्राप्त गर्न उनले शिया धर्म अपनाए । इरानी अधिकारीहरूको घरमा पहुँच प्राप्त गरे र गोप्य जानकारी चोरे । पछि उनको पहिचान खुल्यो र अहिले उनी बेपत्ता छिन् । यसपछि यो घटनाले इरानमा हलचल मच्चाएको छ ।

फिल्मजस्तैं क्याथरिन कथा

यो कुनैं जेम्स बन्ड फिल्म होइन बरु वास्तविकता हो । इरानको राजधानी तेहरानबाट बाहिर आएको एउटा चकित पार्ने खुलासा अहिले विश्वभर चर्चामा छ । इजरायलको गुप्तचर एजेन्सी मोसादकी एक महिला जासूसले २ वर्षअघि इरानमा घुसपैठ गरिन् । त्यसपछि उनले शिया इस्लाम धर्म स्वीकार गरिन् र देशका उच्च अधिकारीहरूको घरमा पहुँच प्राप्त गरिन् ।

उनको नाम क्याथरिन पेरेज शेकेड हो । फ्रान्सेली मूलकी यी महिला एजेन्टका लागि राम्रोसँग प्रशिक्षित मात्र थिइनन्, उनले त आफ्नो सुन्दरता, चलाखी र धूर्त योजनाले इरानका सुरक्षा एजेन्सीहरूलाई निद्राबाट वञ्चित गरिन् ।

उनी कसरी इरानी अधिकारीभित्र पसिन् ?

क्याथरिनले पहिले आफूलाई धार्मिक साधकको रूपमा परिचित गरिन् । त्यसपछि शिया धर्म अपनाइन र इरानी अधिकारीहरूका पत्नीहरूसँग घुलमिल हुन थालिन् । बिस्तारै उनी अधिकारीहरूको घरमा ‘विश्वासको पाहुना’ बनिन् । उनले सम्बन्धहरूमा यति धेरै घुसपैठ गरिन् कि उनले धेरै अधिकारीहरूको शयनकक्षमा पहुँच पाइन् । सुरक्षा एजेन्सीहरूले मोबाइल फोनहरू जाँच गर्दा क्याथरिनका हातमा घरहरूको तस्बिर र लुक्ने ठाउँहरूको बारेमा जानकारी प्राप्त हुन्थ्यो, जुन उनी त्यो सूचना सिधै मोसादलाई पठाउने गर्दथिइन् ।

बल्ल यसरी खुल्यो ती जासुुस महिलाको पहिचान

जब इरान र इजरायलबीचको बढ्दो तनावका कारण धेरै शीर्ष इरानी अधिकारीहरूले आफ्नो स्थान परिवर्तन गर्न थाले र उनीहरू अब सुरक्षित छन् भन्ने कुरामा विश्वस्त थिए । तर हरेक इजरायलको आक्रमण सटीक थियो मानौं कसैले नक्सा कोरेकोजस्तो । यसमा मोसादको जासुसी सूचनाले यो काम गर्यो । अब इरानी गुप्तचर एजेन्सीले गंभीर भएर अनुसन्धान गर्न थाल्यो, बिस्तारै रहस्यहरू खुल्न थाले । अधिकारीहरूसँग खिचिएका तस्बिरहरूबाट क्याथरिनको अनुहार प्रकट भयो– तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो ।

त्यो ‘सुन्दर खतरा’ अहिले कहाँ छ ?

क्याथरिन अहिले एकाएक गायब भएकी छिन् । इरानको गुप्तचर निकायले देशभरि उनको पोस्टर र तस्बिरहरू वितरण गरेको छ । तर अहिलेसम्म न उनको पहिचान, नत उनको आवाज नै फेला परेको छ । केही रिपोर्टहरूकाअनुसार उनी अब फरक पहिचानअन्तर्गत अर्को देशमा हुन सक्छिन् । अहिलेका लागि उनी इजरायलको सबैभन्दा चर्चित जासूसी अभियानहरूमध्ये एक बनेकी छिन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार