
नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय सचिवलायको विस्तारित बैंठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैंठक मोर्चाका संयोजक सुदर्शन सीको अध्यक्षतामा नेकपाका स्थायी समिति सदस्य सन्तोष विषम सीको प्रमुख आतिथ्यतामा बसेको बैंठकले पूर्व घोषित केन्द्रीय सम्मेलनलाई पुषको अन्तिम सातातिर सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपालको केन्द्रीय राजनीतिमा आएको बदलाव र प्रभावका कारण पूर्वघोषित सम्मेलन समयमा हुन नसकेको भन्दैं बैंठकले अब पौष २२,२३ र २४ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
बैठकमा मोर्चाका प्रदेश संयोजकहरुले संक्षिप्त रिपोर्ट राख्ने काम भएको थियो भने नेकपाका स्थायी समिति सदस्य विषम सीले वर्तमान केन्द्रीय राजनीतिमा आएको बदलाव र नेकपाले खेल्ने भूमिकाबारे प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
बैंठकले मंसिर १० देखि पुषको १५ गतेभित्र पालिकादेखि जिल्ला र प्रदेश सम्मेलन सकेर पौष मसान्तभित्र सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।







