
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरे अनुसार हरेक बर्ष जनवरी २४ मा विश्वभर शिक्षा दिवस मनाउने गरिन्छ ।
नेपालमा हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ । यस बर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह-सिर्जनामा युवा शक्ति’ भन्ने रहेको छ ।







