नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) सीले पहिलाेपटक चुनावमा हाेमिएका आफ्ना नेता/ कार्यकर्तालाई चामल र हाते माइक बाेकेर निर्वाचनमा हाेमिन निर्देशन दिएका छन् ।

नेकपा (माओवादी) काे काठमाडौंमा उपत्यकास्तरीय निर्वाचन विशेष प्रशिक्षणलाई संवाेधन गर्दै महासचिव विप्लवले अरु पार्टीका नेता/ कार्यकर्तहरु भ्रष्टाचार गरेर पैसा बाँड्न जाने बताउँदै आफ्नो नेता-कार्यकर्ताहरु जनताकाे आवाज लिएर जान निर्देशन दिए ।

एक फरक प्रसँगमा महासचिव विप्लवले हर्क साङपाङजस्तै हाते माइक बाेकेर जनतामा जानु पर्ने बताए ।

महासचिव विप्लवले भने, ‘चुनावमा अब हामी माओवादी चामल बाेकेर जानुपर्छ । संकटमा परेकाे बेला उभिएर जाने मान्छे हामीलाई चाहिएकाे छ ।’

अहिलेकाे वर्तमान सुशीला कार्की सरकारले निर्वाचनको वातावरण नबनाएकाे आराेप लगाउँदै महासचिव विप्लवले याे सरकार विघटन भएर सर्वपक्षीय सरकार हुनुपर्ने दाबी गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार