आइतबार पहिलोपटक संसदीय निर्वाचनमा भाग लिन गइरहेको दल नेकपा (माओवादी)ले पत्रकार भेटघाट कार्यक्रम मार्फत चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।

माओवादीबाट दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले निर्वाचनमा मुख्य एजेन्डा जनताको आर्थिक जिवन बदल्ने रहेको बताए ।

उनले भने – ‘अहिलेसम्मका राजनीतिक व्यवस्थाले जनताको आर्थिक जिवन बदल्न सकेनन् । यो कुरा राज्यको आर्थिक प्रणालीसँग जोडिएको छ । हामिले जनताको जिवन बदल्न नयाँ आर्थिक प्रणालीको विकास गरेका छौँ , जसलाई पार्टीमा मात्रै होइन् राज्यमा रुपान्तरण गर्न चाहेका छौँ । एकीकृत स्वामित्वको आर्थिक प्रणालीले मात्रै जनताको जिवन बदल्न सकिन्छ। सरकार , नागरिक र निजि क्षेत्रको सामुहिक आर्थिक पर्यत्नवाट नागरिकलाई समुन्नत जिवन दिन सकिनेछ ।’

‘हामी मुख्य तिन विषयवस्तु लिएर निर्वाचनमा जाँदैछौँ,’ उनले भने, ‘ अहिलेको संविधानलाई संसोधन र पुनर्लेखन गर्नुपर्ने छ । राष्ट्र गम्भीर संकटमा छ त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य एजेन्डा हो । दोस्रो जनताको आर्थिक जिवन बदल्ने कुरा लिएर जनताको बिचमा जाँदैछौँ । तेस्रो कुरा यो चुनावबाट नेपाली विशेषताको समाजवादको आधार तयार गर्दै जाने हो । राष्ट्रिय स्वाधीनता , नयाँ आर्थिक प्रणाली र समाजवादको मुख्य एजेन्डा लिएर जान्छौँ ।’

उम्मेदवार वलीले पश्चिम दाङलाई समृद्ध बनाउन दिगो विकासको संकल्पसहित भौतिक पुर्वाधार , सडक पुर्वाधार , खानेपानी , शिक्षा , स्वास्थ्य , रोजगारका एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा गएको स्पष्ट पारेका थिए ।

यस्तै पत्रकार भेटघाट कार्यक्रममा माओवादीबाट दाङ क्षेत्र नं.१ का प्रत्यक्ष उम्मेदवार प्रकाश शाहीले देउखुरीको क्षेत्रको समग्र विकासको लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका थिए ।

उनले भने – ‘देउखुरी प्रदेशको राजधानी भएको ठाउँ हो तर विकासका दृस्टीले अहिलेपनि राजपुरका विकट क्षेत्र सडक पुर्वाधार , सञ्चारसँग नजोडिनु दुखद पक्ष हो ।
सन्तुलित विकासको योजना , प्रत्येक क्षेत्रलाई सडक संजालसँग जोड्ने , सुद्ध खानेपानी , नवयुवालाई स्वरोजगार बनाउने , लागुऔषध दुर्व्यसनि विरुद्धको योजना , वातावरणको दीर्घकालीन संरक्षणको योजना सहित चुनावमा होमिएको छु । जनताले मुद्दा र एजेन्डा अनुसार भोट दिनुपर्छ , हामी जित्छौँ भन्ने विश्वास पैदा भएको छ ।’

कार्यक्रम नेकपा (माओवादी) दाङका इन्चार्ज सविन सीले जिल्लाभरीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको परिचय पत्रकारहरुलाई गराएका थिए ।

दाङमा पार्टीले क्षेत्र नं.१ मा पार्टीका केन्द्रीय सदस्य प्रकाश शाही , क्षेत्र नं. ३ मा पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शितल)लाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

दाङ-२ मा भने पार्टीले प्रत्यक्ष उम्मेदवारी दिएको छैन् ।

यो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्ने र एमालेले कालिकोटमा माओवादीका उम्मेदवार खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई सहयोग गर्ने सहमती भएको बुझिएको छ ।

नेकपा (माओवादी)ले दाङ-२ मा उम्मेदवारी दर्ता नगरेपनि कालिकोटमा भने एमालेले प्रत्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।
उम्मेदवारी फिर्ता लिने समयमा समेत सहमति बमोजिम एमालेले उम्मेदवारी फिर्ता लिएको छैन् ।

पार्टीको आयोजनामा भएको उम्मेदवारसँगको भेटघाट कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव तिलक योगीले गरेका थिए ।

माओवादीले दाङबाट पार्टीका नेताहरु यमलाल कटुवाल सार्की (विक्रम) , विस्पुरा घर्ती , शुर्य यादव , अशोका कुमारी भण्डारी , कान्छी चौधरी (जिवनी) , जानकी चौधरीलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार