नेपाली कांग्रेसका सभापति गगन थापाले उत्तेजनाको राजनीतिमा विश्वास नराख्ने बताएका छन्।

सर्लाही ४ जानुअघि भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु। म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु।’

उनले सबैको सम्मान रहँदै गर्दा नेपालीहरूको सम्मान रहने कुरामा आफू विश्वास राख्ने पनि बताएका छन्।

‘म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ तर म अधिकार नभईकन सबैका बीचमा एकता हुन्छ भन्ने कुरामा विश्वास राख्दिनँ,’ उनले भनेका छन्।

फागुन २१ को निर्वाचनमा सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार