
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संयोजक र सहसंयोजकले पार्टी सञ्चालनमा एकलौटी गरेको आरोप लगाएका छन्।
निर्माणको क्रममा रहेको पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको एकलौटी निर्णयका कारण भताभुंग बनेको उनको भनाइ थियो ।
नागरिकसँगको कुराकानीमा नेता खनालले निर्माणको क्रममा रहेको पार्टीमा अहिलेबाटै कारबाहीको क्रम सुरु हुनु चिन्ताजनक रहेको बताए ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोटमा आफूसहित अन्य नेताहरुसँग संयोजक र सहसंयोजकले परामर्श नगरेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले बामदेव गौतम, प्रकाश ज्वाला, हरिबोल गजुरेलजस्ता सम्भावना बोकेका नेताहरुलाई टिकट नदिनु दुखद् भएको टिप्पणी गरे ।
पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाउने गरेको बताउँदै नेता खनालले २० वटा पार्टी/समूह मिलेर बनेको नेकपाको सम्भावना बलियो भएपनि नेतृत्व असफल उन्मुख भएको दाबी गरे ।
टिकट वितरणमा संयोजक दाहालले तत्कालिन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई उपेक्षा गरेको उनको भनाइ थियो । नेता खनालले संगठन नै बनिनसकेको अवस्थामा निर्वाचन आएको भएपनि फागुन २१ गतेपछि नेकपा राष्ट्रिय दल भने बन्ने जिकिर गरे ।
फरक प्रशंगमा नेता खनालले प्रतिनिधिसभा निर्वाचनमा आफू मानसिक, भौतिक र आर्थिकरूपमा तयार नभएकाले उम्मेदवार नबनेको उल्लेख गरे ।
भदौं २४ मा भएको ध्वांसात्मक आन्दोलनका दोषीलाई कारबाही, लुटिएका सम्पूर्ण हतियार र भागेका सबै कैदीबन्दीलाई फिर्ता नल्याएसम्म निर्वाचन भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न







