सोमबार, माघ १२, २०८२

 

रास्वपाका वरिष्ठ नेता बालेन साहकी पत्नी सबिना काफ्लेले झापा–५ मा घरदैलो अभियान सुरू गरेकी छिन् ।

सबिनाले चुनावी प्रचारमा सक्रिय हुँदै झापा–५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् ।

उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न सुरू गरेकी छिन् । बालेन सुदूरपश्चिमतर्फ जाने भएपछि झापा–५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् ।

यसअघि मनोनयन दर्ता गरेपछि बालेनले झापा–५ मा चुनावी गतिबिधिलाई तीव्रता दिएका थिए । बालेन ताप्लेजुङ, पाँचथर, इलामलगायतका पूर्वी जिल्लाहरूमा पुगेर नेता कार्यकर्ताको उत्साह बढाएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार