मंगलबार, माघ १३, २०८२

आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ः१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार