
आसन्न चुनावमा कुन दल पहिलो होला भन्ने पूर्वानुमानमा एक ज्योतिष विज्ञानले नेकपा (एमाले) नैं ठूलो दल हुने बताएको छ ।
ज्योतिशास्त्र पढेका एक विद्धान सुदिप दाहालले गरेको पूर्वानुमानअनुसार एमाले पहिलो दल, दोस्रोमा कांग्रेस र तेस्रोमा रास्वपा हुने भविष्यवाणी गरेका छन् ।
त्यसैगरी विभिन्न वाम नामका समुहरु बनाएर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने चौथो दल बन्ने ती ज्योतिषशास्त्री दाहालले बताएका छन् ।
ज्योतीशास्त्री दाहालकाअनुसार यस चुनावमा एमालले प्रत्यक्षतर्फ ७० सिट जित हासिल गर्नेछ भने समानुपातिकतिर ३८ सिटसहित १०८ सिट प्राप्त गर्नेछ ।
उता अघिल्लो चुनावमा पहिलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ४६ सिट प्राप्त गर्नेछ भने समानुपातिकतिर ३९ सिटसहित समग्रमा ८५ सिट प्राप्त गर्ने दाहालले भविष्यवाणी गरेका छन् ।
यता निकैं तामझामसहित चुनावमा उत्रिएको राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १७ सिट प्राप्त गर्दा समानुपातिकतर्फ १७ सिट गरेर समग्रमा ३४ सिट प्राप्त गर्ने उनैं ज्योतिषशास्त्री दाहालले बताएका छन् ।
त्यसैगरी जनयुद्धबाट पहिलोपटक ०६५ सालमो पहिलो संविधानसभा निर्वाचनमा सर्वाधिक पहिलो दल बनेको प्रचण्ड नेतृत्वमा नेकपाले यसपटक प्रत्यक्षतर्फ १५ सिट र समानुपातिकतिर १३ सिट गरी समग्रमा २८ सिट प्राप्त गर्ने भविष्यवाणी गरिएको छ ।
ज्योतिशास्त्री दाहालकाअनुसार मधेशवादी दल, कुलमान, हर्कलगायतको पार्टीहरुले पनि सम्मानजक नतिजा ल्याउनेछन् ।
यता पहिलोपटक निर्वाचनमा होमिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले कति सिट प्राप्त गर्ला भन्नेबारे ज्योतिशास्त्री दाहालले कुनैं व्याख्या नगरेपनि विश्लेषकहरुले यो दलले राष्टिय पार्टीको रुपमा संसदमा आफुलाई उभ्याउने बताएका छन् ।
यसपटको निर्वाचन कसरी र कस्तो अवस्थामा भइरहेको छ र यसले कस्तो नतिजा निकाल्छ भन्नेबारे अझैं अन्योलता रहेको टिप्पणी भइरहेको छ ।








