राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई फेरि प्रहरले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार