अफ्रिका महादेशमा एक विशाल दरार फैलिँदै गएको छ जसले सोमालियन प्लेटलाई न्युबियन प्लेटबाट छुट्टाउँदै गएको छ।

अफ्रिका महादेश अहिले पृथ्वीभित्र चलिरहेको एक महत्वपूर्ण भूगर्भीय परिवर्तनको चपेटामा छ । उक्त हलचलका कारण अफ्रिका महादेश बिस्तारै दुई भागमा विभाजित हुँदै गएको छ।

यस असामान्य प्रक्रियाले विश्वभरका भूगर्भ वैज्ञानिकहरूको ध्यान तानेको छ । पछिल्ला अध्ययनहरूका अनुसार अफ्रिकाको भू-भागमा एक विशाल दरार फैलिरहेको छ । उक्च विशाल चिरा इस्ट अफ्रिकन रिफ्ट क्षेत्रमा देखिएको हो । यही दरारका कारण सोमालियन प्लेट रहेको पूर्वी अफ्रिका अर्को ठूलो न्युबियन प्लेटबाट क्रमशः छुट्टिँदै गएको छ। वैज्ञानिकहरूका अनुसार भविष्यमा यही दरारकै स्थानमा नयाँ महासागर निर्माण हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार