राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई प्रतिपक्षमा समेत बस्ने हैसियत नभएको टिप्पणी गरेका छन्।

शुक्रबार चितवनमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनकाे आक्षेप कांग्रेस, एमाले र नेकपाप्रति थियाे ।

लामिछानेले पुराना दलहरूले जनतालाई निराश बनाएको र अब उनीहरूको विकल्प खोज्ने बेला आएको बताए।

‘मैले त भनेको छु, पुराना दलहरूलाई प्रतिपक्षमा पनि नराखौं,’ उनले भने, ‘उहाँहरूले पनि संघर्ष गर्नुहोस्, जनताको बीचमा जानुहोस् र वास्तविकता थाहा पाउनुहोस्।’

आगामी निर्वाचनमा पनि चितवनले इतिहास रच्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘देशको भविष्य जनताको हातमा सुम्पिएर हामीले लोकतन्त्रको सर्वोत्तम विधि निर्वाचनलाई छानेका छौं। यसपटक पनि चितवनले नयाँ इतिहास रच्ने बेला आएको छ।’

सभापति लामिछानेले जनताले दिएको एक-एक मतलाई आफ्नो व्यक्तिगत लाभका लागि प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे।

‘तपाईंहरूले दिनुभएको मतको म कहिल्यै दुरुपयोग गर्ने छैन,’ उनले भने, ‘देशभरिका घण्टीबाहक उम्मेदवारहरूले पाएको मत खेर जान दिने छैनौं।’

उनले आफ्नो पार्टी शान्तिपूर्ण रूपमा अगाडि बढेको र कसैलाई चोट नपुर्‍याएको बताउँदै मतपत्रमार्फत नै परिवर्तन ल्याउने दाबी गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार