
- अमेरिका र रूसबीचको सबैभन्दा नजिकको सीमा डियोमेड टापुहरूमा छ, जहाँ दूरी केवल ३.८ किलोमिटर मात्र छ।
- डियोमेड टापुहरूमा अन्तर्राष्ट्रिय तिथि रेखा गुज्रने भएकाले दुई टापुबीच करिब २१ घण्टाको समय अन्तर छ।
- अमेरिकाको लिटिल डियोमेडमा करिब ८० जना आदिवासी बस्छन् भने रुसको बिग डियोमेडमा स्थायी बासिन्दा छैनन् र सीमा सुरक्षाकर्मीहरू मात्र छन्।
मानचित्रमा हेर्दा विश्वका दुई कट्टर प्रतिस्पर्धी देश अमेरिका र रूसबीचको दूरी निकै धेरै देखिन्छ । तर यी दुई देश यति धेरै निकट छन् कि दुई देशबीचको दूरी केवल ३.८ किलोमिटर छ।
हो, अमेरिका र रुसबीचको सबैभन्दा नजिकको सीमा क्षेत्र डियोमेड टापुहरूमा पर्दछ, जहाँ दुवै देशबीचको दूरी केवल ३.८ किलोमिटर मात्र छ।
उक्त सीमा क्षेत्रमा अमेरिकाको लिटिल डियोमेड ‘Yesterday Island’ र रूसको बिग डियोमेड ‘Tomorrow Island’ रहेका छन्।
यी दुवै टापु बेरिङ सागरमा रहेका छन् जुन अलास्का (अमेरिका) र साइबेरिया (रूस) बीच फैलिएको छ।







