
रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
दुर्घटनामा ८ जना घाइते भएका छन्। ती मध्ये गम्भीर घाइते ७ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो।
ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो।








