
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उपयुक्त समय आएपछि एमालेको नेतृत्व बदल्ने बताएका छन् ।
कान्तिपुर पव्लिकेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले वर्तमान केपी ओली नेतृत्वमा रहेको एमालेलाई बदलेर नयाँ नेतृत्व ल्याउने दाबी समेत गरे ।
उनले भने, ‘हामीलाई आउटडेटेड हुने छुट छैन त्यसैले अपेडेटेड हुन्छौं । आज हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
नवौं महाधिवेशनमा नयाँ पुस्ताका साथीहरूले अगाडि सारेको विचार नै पारित भएको उनले बताए ।
राजनीतिक दलहरू समयानुकूल सुधारिनुपर्ने भन्दै उनले राजनीतिक दल सुधारिनु भनेको नेतृत्व परिवर्तन गर्नु नभएको बताए ।







